हामीसँग जोडिनुहोस

मकवानपुर र रुकुम पूर्वमा आज भएका छुटछुट्टै दुर्घटनामा परी १० जनाको ज्यान गयो

1 मिनेट

काठमाडौं, ०६ असोज ।
मकवानपुरको भीमफेदी जुरिखेतमा भएको बस दुर्घटनामा परेका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा केही घाइते भएको घटनास्थलबाट बिर्ख जोशीले जानकारी दिए । तत्कालै प्रहरी घटनास्थल पुगेर घाइतेहरूको उद्धारमा जुटेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले मृतकहरुको पहिचान खुल्न भने नसकेको बताए । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका जुरिखेतको एघार घुम्तीको ओरालोमा आज दिउँसो दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने अनुमान गरिएको छ ।
उता रुकुम पूर्वमा पनि बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। भूमे गाउँपालिका वडा नम्बर ३ स्थित क्याङ्सी बगरमा बस दुर्घटनाा हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रुकुम पूर्वका प्रहरी प्रमुख प्रकाश डांगीले ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । घाइतेहरुको सनाखत हुन बाँकी छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।