
काठमाडौं, ०७ असोज । युइएफए नेसन्स लिग फुटबलको समूह ए ग्रुप ४ मा बेल्जियमले वेल्सलाई पराजित गरेको छ । गयराति भएको खेलमा बेल्जियममले वेल्समाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।
यस्तै यही समूहमा रहेको नेदरल्याण्ड्सले पोल्याण्न्डमाथि २–० को सहज जित दर्ता गरेको छ । जितसँगै नेदरल्याण्ड्स ५ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।यस्तै बेल्जियम १० अंकका साथ दोस्रो स्थानमा रहँदा पोल्याण्ड ४ अंकका साथ तेस्रो र वेल्सको १ अंकमात्रै रहेको छ ।