हामीसँग जोडिनुहोस

मृत फेला परेका किशोर-किशोरीको टाउकोमा गहिरो चोट

2 मिनेट

दाङ, ३१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको छ ।
स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको छ।
दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट लागेको उहाले बताउनुभयो । उनीहरू दुबैको हत्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको उहाले जानकारी दिनुभयो ।
महतरा र आचार्यको शव हिजो बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि र्पुयाइएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताउनुभयो ।
यो आकस्मिक रूपमा भएको हत्या हो वा पूर्वयोजना अनुसार भएको र अनुसन्धानबाट खुल्ने उहाले बताउनुभयो ।
अपर्झट हुने घटनाको हत्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही र्पुयाएको थियो । यद्यपि हत्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।
असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्। घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुरा खुलेको छ।
उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताउनुभयो । मावली हजुरबुवाले बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि आशंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गाडेको अवस्थामा शब फेला पारेको प्रहरीले बताएको छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।