हामीसँग जोडिनुहोस

विश्व बसोबास दिवस नेपालमा आज मनाइँदै

2 मिनेट

काठमाडौं, ३१ असोज । ‘समावेशी शहरबस्तीको आवश्यकता स् सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोबास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । सहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोबास दिवस, २०७९ मूल तयारी समितिले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको जानकारी गराइएको छ । राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको हो ।
नेपालले भने सन् २००१ देखि दिवस मनाउन थालेको तयारी समितिका संयोजक एवं मन्त्रालयको आवास महाशाखा प्रमुख रामचन्द्र दङ्गालले जानकारी दिनुभयो । नेपालमा यस वर्ष अक्टोबरको पहिलो सोमबार बडा दशैँको महाअष्टमी पर्व परेकाले असोज ३१ गते अर्थात् अक्टोबरको तेस्रो सोमबार यो दिवस मनाउन लागिएको हो ।
दिगो विकास लक्ष्यको लक्ष्य १ दशमलव १ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उहाले जानकारी दिनुभयो । कार्यक्रममा व्यवस्थित सहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ ।
कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इन्जिनियरिङ अध्ययन संस्थान, काठमाडौँ र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको सहरी विकास तथा भवन निर्माणमा विभागले जनाएको छ । दिगो र वातावरणमैत्री सहरी विकासमा जोड दिँदै विश्व बसोबास दिवसका कार्यक्रम गरिने भएको छ ।
सरकारले सुरु गरेको जनता आवास कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रम हाल प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा रहेको जानकारी गराइयो । केन्द्रीय सरकारले भने दुवै कार्यक्रमको समन्वय मात्र गरिरहेको सहसचिव दङ्गालले सुनाए । कार्यक्रमका लाभग्राहीको छनोटको अधिकार केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको छ ।
बजेटभन्दा कार्यक्रम माग गर्नेको सङ्ख्या बढेको छ । कार्यक्रम पहुँचवाला कहाँ मात्र पुगेको गुनासो पनि सुनिने गरेको छ । विभागकी आवास कार्यक्रम शाखा प्रमुख मीरा ज्ञवाली चालु आर्थिक वर्षमा दुवै कार्यक्रमका लागि रु तीन अर्ब ४१ करोड बजेट विनियोजन भएको बताउनुभयो । कार्यक्रम सम्पन्न गर्न चालु आर्थिक वर्षमै रु पाँच अर्ब बजेट अपुग हुने जानकारी पनि उहाले सुनाउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।