
श्रावण २० । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब २ः३० नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेबाट रेडबुल बोकेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको छ ।
इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।