
वासिङ्टन । टेक्सस् र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताउनुभएको छ । यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताउनुभएको छ ।
त्यसबारे उहाँले सोमवार आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन् । ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताउनुभयो ।
उहाँले संवाददाताहरूसँग भन्नुभयो, ’हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन। हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौँ। यस्ता घटना वर्षौँदेखि भइरहेका छन्। अब हामीले यसलाई रोक्नैपर्छ।’ उहाँले अल पासो र डेटनमा भएका घटना ’मानसिक रोगको समस्याका कारण’ भएको बताउनुभयो ।

Related

अन्य समाचार
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
खानी तथा भूगर्भ विभागका अनुसार खनिजजन्य उद्योगबाट कुल २ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ।






