
भक्तपुर, कात्तिक २५ ।
शिक्षा संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको तथा बालबालिकाको रुचि र क्षमता अनुसार उनीहरुलाई कुनै न कुनै सीपले सुशोभित गराउँदै लानुपर्दछ भन्ने उद्देश्य राखी स्थापनाकालदेखि नै व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले पुन : अर्को सफलता प्राप्त गर्न सफल भएको छ।
यही कार्तिक २४ गते भक्तपुर scrabble क्लबद्वारा आयोजित जिल्लास्तरीय कअचबदभि प्रतियोगितामा विनायकका विद्यार्थीहरु निष्ठा श्रेष्ठ र सगुन प्रजापति छनौट भई मंसिर महिनामा नवलपरासीमा आयोजना हुनगइरहेको राष्ट्रव्यापी scrabble प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने भएका छन् ।
तीन चरणमा आयोजना गरिएको उक्त प्रतियोगितामा विनायकका विद्यार्थीहरुले ३ ओटै चरणमा उत्कृष्ट भई राष्ट्रब्यापी प्रतियोगिताका लागि छनौट हुन सफल भएको कुरा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई जानकारी गराउनुभयो र छनौट हुन सफल विद्यार्थीहरुलाई राष्ट्रव्यापी प्रतियोगितामा पनि विजयको अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।
स्मरण रहोस् द्दण्ठछ सालको अन्तर्राष्ट्रिय कअचबददभि प्रतियोगितामा विनायकका विद्यार्थी जलज प्रजापति जिल्ला, क्षेत्र र राष्ट्रव्यापी प्रतियोगितामा विजयी भई अन्तराष्ट्रिय प्रतियोगितामा समेत आफ्नो उत्कृष्टता प्रस्तुत गर्न सफल भएका थिए ।