हामीसँग जोडिनुहोस

फ्राइडे रिलिज : नेपालमा छायाङ्कन भएको ऊंचाई सहित ३ विदेशी चलचित्र प्रदर्शनमा

1 मिनेट

काठमाडौँ, कात्तिक २५ ।
फ्राइडे रिलिज अन्तर्गत नेपाली हलमा आजदेखि तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएका छन् ।

नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ऊंचाई अर्को बलिउड फिल्म राम सेतु र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन् ।

नेपालको स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको ऊंचाईु मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाको मुख्य अभिनय रहेको छ । यो फिल्म सुरज आर बडजात्याले निर्देशनमा बनेको हो ।

 

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म राम सेतु मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

यस्तै, हलिउड फिल्म वकाण्डा फरएभर पनि आजैदेखि प्रदर्शनमा आएको हो । यो फिल्म ब्ल्याक प्यान्थरको सिक्वेल हो। चलचित्रमा लुपिता न्योङो, लेटिटा राइट, दनाइ गुरिरा, विन्स्टन ड्युक लगायतको अभिनय रहेको छ। फिल्म रायन कुग्लरको निर्देशनमा बनेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।