
काठमाडौं,८ माघ ।
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न माघ १२ गते बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएकोे महासचिव देव गुरुङले बताउनुभयो ।
पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने गुरुङले बताउनुभयो । पार्टी एकीकरणको बिषयमा जोडिएका विषयमा पनि छलफल हुने उहाँको भनाइ छ । ।’माओवादीले डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ ।यस्तै, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग प्रचण्ड प्रधानमन्त्री बनेपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
स्थायी कमिटीको बैठकले पार्टी केन्द्रीय समितीको बैठकको मिति तोक्ने उनले बताए ।