हामीसँग जोडिनुहोस

गुण्डु रातोपाटी रिसाल डाँडा हाइकिङ्गमा रमाउदै आन्तरिक पर्यटक

3 मिनेट

-रमेश गिरी

भक्तपुर, ८ माघ : आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग (पदयात्रा) ककार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा आज बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडाहरु आफैमा भ्यू टावर रहेको चर्चा गर्दै यहाँबाट देखिने काठमाडौं उपयत्यकादेखि हिमाली दृश्यहरु निकै मनमोहन रहेको बताउनु भयो ।

रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न गर्न सकिने बताउनु भयो ।

अनन्त कुण्डको ऐतिहासिक एवं धार्मिक महत्व माथि प्रकाश पार्दै उहाँले राजा अंशु बर्माले आफ्नो रानी बिरामी हुँदा यहीको पानी लगेर छर्किए पछि निको भएको किम्वदन्ती रहेको बताउनु भयो । उहाँले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा यहीँ कुण्डको पानी लगेर हालेको ऐतिहासिकता रहेको बताउनु भयो ।

उहाँले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसद हुदा सांसद विकास कोषबाट बजेट व्यबस्थापन गरेको हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताउनु भयो ।

रातोपाटीबाट यहाँका जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुङ्गी हेर्दै ग्रामिण परिवेश नियाल्दै अर्गानिक खानेकुरा खादै हाइकिङ्ग गर्ने सकिने यो क्षेत्रसँगै उहाँले सूर्यविनायकमा धेरै ठाउँबाट पदमार्ग निर्माण गरेर जंगल सफारी गर्न सकिने बताउनु भयो ।

सूर्यविनायकबाट घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरब, माने भञ्याङ्ग, पनौती कुशादेवीसम्म जान सकिने, सूर्यविनायकबाटै रिसालडाँडा हुदै त्यहाँ भन्दा माथि पोखरी थुम्का अर्को गन्तव्य र त्यहाँ भन्दा पनि माथि लाकुरी भञ्याङ्गहुदै फूलचोकी पुग्न सकिन्छ ।

कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चनद्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताउनु भयो ।

पदयात्राका क्रममा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।