भक्तपुर श्रावण २१ । भक्तपुर नगरपालिकामा सरदर ४२ पोखरीहरुमध्ये ३४ वटा मात्र अस्तित्वमा छ । जसमध्ये कमलविनायक बसपार्कबाट पश्चिममा रहेको सरस्वती विद्यागृह माध्यमिक विद्यालय र विद्यालय अगाडी रहेको लामगालपुखु पनि एक हो । ८ वटा पोखरी पूर्ण रुपमा पुरिएको छ । पुरिएको पोखरीमध्येमा ३ वटामा विद्यालयको संरचना छ ।
लामगालपुखका केहि अंश पुरिएको छ । भक्तपुरको कमलविनायक बसपार्कबाट पश्चिममा रहेको सरस्वती विद्यागृह माध्यमिक विद्यालय नजिक रहेको यो पोखरी दशांस मात्र बाँकी रहेको वागीश्वरी उच्च माविका सहप्रचार्य ज्ञानसागर प्रजापति बताउँनुहुन्छ ।
स्थानीय आशकुमार प्रजापतीलको अनुसार लामगाल पोखरीको क्षेत्रफल ठूलो थियो । तर नेपालमा जर्मन प्रोजेक्ट भित्रिएको बेलामा भक्तपुरको लामगाल पुखुको केही अंशमात्र बाँकी राखेर पुर्दै सरस्वती विद्यागृह माध्यमिक विद्यालय भवन, चौर बनेको र पोखरीको सिमा मिच्दै स्थानीयबासीहरुले टहरा र बाटोघाटोको निर्माण गरेको प्रजापतीको भनाई छ ।