श्रावण २१। शिक्षक सेवा आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । सोमबार आयोगले मध्यपश्चिमाञ्चल क्षेत्रको गणित र बिज्ञान बिषयको अन्तिम नतिजा प्रकाशन गरेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रबाट खु्ल्लातर्फ २० जना स्थायी शिक्षक बनेका छन् भने दुई जना बैकल्पिकमा परेका छन् । त्यसैगरी समावेशी महिला, दलित, जनजाति सवैको नतिजा सार्वजनिक भएको छ ।