हामीसँग जोडिनुहोस

शिक्षा इकाई भक्तपुरले चलखेल गरेको भन्दै स्थानीय तहको आपत्ति

1 मिनेट

भक्तपुर, श्रावण २१ । विभिन्न तहमा नाम निकालेका शिक्षकलाई दरबन्दी तोक्दा शिक्षा इकाई भक्तपुरले चलखेल गरेपछि स्थानीय तहले आपत्ति जनाएका छन् ।समन्वय नगरी चलखेल गरेर खटाएको भन्दै त्यस्ता शिक्षकलाई हाजिरी नगराउने र सम्बन्धित अधिकृतविरुद्ध छानवीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने इकाईले चेतावनी दिएको थियो ।
इकाइले भक्तपुरमा १९ जना शिक्षकलाई पहिलो चरणमा खटाएको थियो । भक्तपुर नगरपालिकामा ११, चाँगुमा ४, मध्यपुर र सूर्य्विनायक नगरपालिकामा २–२ जना शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । ती मध्ये शिक्षकको विज्ञापन गर्ने बेला खाली रहेका दरबन्दीमा कोही पठाएको छैन ।
इकाइ प्रमुख पोखरेलले भने शिक्षक खटाउने क्रममा केही समस्या हुन सक्ने स्विकार्दै परिमार्जन गर्न सकिने जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।