
श्रावण २१ । सरकारले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य सुरु गरेको छ । भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई काठमाडौंसम्मै विस्तार गर्नेगरी तयारी थालिएको हो ।
काठमाडौ सम्म पाइपलाइन ल्याउने नेपाल आयल निगमको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफललाई तीव्रता दिएको छ ।