
श्रावण २१ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलका लागि मंगलबार नेपालले ३१ सदस्यीय प्रारम्भिक फुटबल खेलाडीको घोषणा गरेको छ । पाँच खेलाडी बाहिरिएका छन् । बाहिरिनेमा रक्षक कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ । नेपालले छनोट चरणको पहिलो खेल कुवेतसँग खेल्दैछ ।