
काठमाण्डौ,जेठ ३ ।
पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।
कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।
खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो ।बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ ।
दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।
Related
अन्य समाचार
नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीद्धारा एसईईमा चार जिपिएसहित उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान