
काठमाडौँ,जेठ ३ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद् आङटावा शेर्पाको बयान बुधबार लिइँदैछ।
आज सरकारी वकिलको कार्यालय, काठमाडौँमा उनको बयान लिइन लागिएको हो।शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। हाल उनी प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका छन्।
काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि मंगलबार २ दिनको म्याद थपेको छ।
उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। पूर्वसांसद शेर्पाविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो।
यसभन्दा अगाडि पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको छ।शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परेका छन्।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ। एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ। अनुसन्धान चैत १२ गतेदेखि सुरु भएको थियो।
Related
अन्य समाचार
नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीद्धारा एसईईमा चार जिपिएसहित उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान