हामीसँग जोडिनुहोस

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो

1 मिनेट

काठमाडौं,१ साउन ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएको थियो। मूल्‍य समायोजनसँगै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो। यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ।यसैगरी, मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको छ। घटेको भाडा आज सोमबारदेखि नै लागू हुने विभागले जनाएको छ।

यसअघि पनि विभागले इन्धनको मूल्य घटेसँगै भाडा समायोजन हुँदै आएको थियो। काठमाडौं उपत्यकामा चल्ने सवारीको भाडा भने घटेको छैन।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।