हामीसँग जोडिनुहोस

साउनको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड

1 मिनेट

साउन १,काठमाण्डौ। 

साउन महिनाको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

आज पशुपतिनाथलगायत तनहुँको देवघाट, कास्कीको सीताघाट, गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वर, सिद्धबाबा लगायत देशभरका शिवालयमा भक्तजनको भिड छ । आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।

विशेषगरी आज शिवालयमा सोमवारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र लगायतका शिवालय ढाकेका देखिन्छन् ।

सौरमासअनुसार आजको सोमवार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याइ पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान शिवले शुद्ध जल रुचाउने भएकाले बाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भिड लागेको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।