हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, १२९ अबैध मल बरामद, पसल शिलबन्दी

1 मिनेट
भक्तपुर, १९ साउन । अनुदानको रासायनीक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एन.बि. मल पसललाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले छापा मारी आज शिलबन्दी गरेको छ ।
नेपाल सरकारको अनुदान प्राप्त रासायनीक मल कालोबजारी गरि बिक्री गरेको उपभोक्ताको गुनासो आउने बित्तिकै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले उक्त पसलमा छापा मारी गैर कानूनी रुपमा मल बिक्री गरेको पाईए पछि मल पसल शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
प्रजिअ रिजालले भन्नुभयो, “उक्त मल पसलबाट १२९ बोरा अबैध मल बरामद गरेका छौँ, त्यसमध्ये २० वटा बोरामा कृषि सामग्री लिमिटेड लेखिएको छ, अरु बोरामा नेपालमा बिक्री वितरण गर्ने भनी उल्लेख गरिएको छैन, त्यस्तो मल अबैध हो, त्यस मल पसललाई शिलबन्दी गरि थप अनुसन्धान सुरु गरेका छौँ ।”
जिल्ला प्रशासनको टोलीलाई मल बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन नसकेको जानकारी दिँदैं उहाँले मल बिक्री गर्दा एग्रो वल्र्ड ललितपुर लेखिएको बिल दिने गरेको पाईएको बताउनुभयो ।

ट्रेण्डिङ