हामीसँग जोडिनुहोस

नगर प्रमुख थापाको नेतृत्वमा सूर्यविनायकका जनप्रतिनिधिद्धारा एकैदिन १५ शिवालयको शिव सर्किटको परिक्रमा

7 मिनेट
-रमेश गिरी
भक्तपुर, २० साउन : सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेलो टिसर्ट लगाएका एक हुल मानिसहरु मन्दिर भित्र प्रवेश गरे ।
मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडा अध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई), वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै मन्दिरकाबारेमा जानकारी दिन थाल्नु भयो ।
‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले सूर्यविनायक नगरपालिकाले निर्माण गरेको शिव सर्किटको परिक्रमा गर्दै यसकाृ प्रचारप्रसार गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको नेतृत्वमा आयोजना गरेको शिव सर्किट परिक्रमा कार्यक्रममा यस नगर भित्रका १५ वटा शिवालयको एकैदिन परिक्रमा गरिएको हो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख भट्टराई, वडा नं. १ देखि १० सम्मका वडाध्यक्षहरु क्रमश : सानुकाजी कायस्थ, प्रदीप कार्की, दीपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, इश्वर खड्का, रबिन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवाण खत्री, शिवराम राउत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सूचना अधिकारी अनिरुद्र नेपाल, कार्यपालिकाका सदस्यहरु, कर्मचारीहरुलगायत १०० भन्दा बढीको सहभागिता गरेको शिव सर्किट परिक्रमा कार्यक्रममा वडा नं. १ देखि १० सम्मका ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शिव मन्दिरहरुको परिक्रमा गरि यहाँको महत्वकोबारेमा जानकारी प्रदान गरिएको थियो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुलाई एउटै रुटबाट जोडेर सवारी साधन र पैदल दुबै मार्गबाट भ्रमण एवं परिक्रमा गर्न सकिने गरि नगरपालिकाले निर्माण गरेको शिव सर्किटले धार्मिक पर्यटनको बिकासमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको भौतिक तथा आर्थिक विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, आज यसको परिक्रमा कार्यक्रम राखेर औपचारिक शुभारम्भ गरेका छौँ ।”
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले एकै दिन यहाँका प्रसिद्ध १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायक गणेह मन्दिरसम्मो दर्शन एवं पूजा गर्न सकिने र यहाँको डाँडाकाडा नियाल्दै यहाँको प्राकृतिक सौन्दर्यताको आनन्द लिन सकिने उहाँले बताउनु भयो ।
पर्यटक एवं दर्शनार्थीलाई सजिलैसँग शिव सर्किट अन्तर्गत रहेका यहाँका शिवालयहरुको परिक्रमा गर्न सकिने गरि नगरपालिकाले यहाँका प्रत्येक ग्रामिण क्षेत्रका सडकलाई कालोपत्र गरि पक्कि बनाएको उहाँले बताउनु भयो ।
नगरप्रमुख थापाले भन्नुभयो, “शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम गर्यौ र यो कार्यकालमा पूर्णता दियौँ ।”
अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १५ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी नगरपालिकाले शिव सर्किट निर्माण गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई) ले जानकारी दिनुभयो ।
नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरहरुको विकास तथा व्यबस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाअध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेर सबै निकायले जिम्मेवार बहन गर्ने निर्णय गरेसँगै शिव सर्किटको परिक्रमा गरिएको बताउनु भयो ।
मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिदै उहाँले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई जोडिसकेको बताउनुभयो । नगरपालिकाकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं.१० चित्तपोलमा लगेर टुङ्गिने गरि यहाँका १५ वटा मन्दिर पुगिने शिवसर्किटको रुट निर्धारण गरेको उहाँको भनाइ छ ।
बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र  महाकालेश्वर मन्दिर जोडदै निर्माण गरिएको शिव सर्किटले पूर्णता पाएको हो ।
यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत टेवा पुर्याउदै धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षाका साथ शिव सर्किट निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि पदमार्गको निर्माण गरिएको उहाँले बताउनु भयो । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पुरा गर्न सकिने गरि सर्किट निर्माण गरिएको बताउदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटक भित्रयाउन शिव सर्किट कोशेढुङ्गा सावित हुने प्रवक्ता सापकोटाले बताउनु भयो ।
शिव सर्किट परिक्रमा गर्दै वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायकको डोलेश्वर महादेव, आशापुरी महादेव, र्कलाशनाम महादेवमा बढी दर्शनार्थी आउने गरेपनि यहाँ आउने दर्शनार्थी एवं पर्यटकलाई एकै दिनमा यहाँका सबै शिव मन्दिरमा जान प्ररित गर्ने गरि शिव सर्किट निर्माण गरि परिक्रमा गरेको बताउनु भयो ।
डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको, भारतबाट यहाँ आउने पर्यटक एवं दर्शनार्थीको संख्या धेरैनै बढ्का् बताउदै उहाँले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तालुलाई सबै मन्दिरमा जान अभिप्ररित गर्ने गरि नगरपालिकाले सर्किटको निर्माढा गरेको बताउनु भयो ।
छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको बिकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको बताउदै उहाँले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताउनुभयो ।
सूर्यविनायक नपाको वडा नं. ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरि हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोडेको छ । शिव सकिृट परिक्रमाको क्रममा अन्तिममा डालेश्वर महादेव मन्दिर पुगेर त्यहाँ दर्शन गरि साँझको आरतीमा सहभागि भई कार्यक्रम समापन गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।