हामीसँग जोडिनुहोस

राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति भित्रिए देशलाईनै समाप्त पार्छ ः काँग्रेस नेता कोइराला

2 मिनेट

भक्तपुर, २७ साउन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति भित्रिए त्यसले देशलाईनै समाप्त पार्ने बताउनु भएको छ ।

आज भक्तपुरको कौशल्टारमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै उहाँले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाईनै क्षति पुर्याउने बताउनु भएको हो ।

नेता कोइरालाले भन्नुभयो, “सुन काण्डकाबारेमा नेपाली काँग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो, त्यसैको आधारमा उहाँमाथि प्रतिशोध साँध्ने काम भयो, उहाँका गल्ती कमजोरीहरू छन् होला, त्यस्तो छभने त्यसको छानबिन गरि कारबाही हुनुपर्छ तर प्रतिशोध साध्ने काम भयो भने त्यसले देशलाई कहाँ पुर्याउँछ ? यो गम्भीर विषय हो ।

सुन काण्डमाबारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको तर्फ संकेत गर्दै उहाँले राजनीतिमा प्रतिशोधको भावना सुरू भए राजनीति राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पु¥याउँने उहाँको भनाइ थियो ।

उहाँले देश अराजकतातिर उन्मुख भइरहेको भन्दै काण्डै–काण्डले देशलाई बिग्रहतर्फ धकेलेको बताउनुभयो । देशमा पछिल्लो पटक आएको सुन काण्डले त्यसअघिका सबै काण्डहरुलाई बिर्साइदिएको हो कि भन्ने लागेको बताउदै उहाँले भारतमा खपत हुने १३ सयदेखि १४ सय टन सुन मध्ये ८ सयदेखि ९ सय टनमात्रै आयात गर्ने र बाँकी सुन अबैधरुपमा नेपालबाटै भित्रिने गरेको आशंका व्यक्त गर्नुभयो ।

काँग्रेस नेता कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राख्न नहुने बताउनु भयो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री उहाँले राजस्व विभाग, सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान प्रधानमन्त्रीले राख्नुहुँदैन भनेर आवाज उठ्दा ओलीले पनि नसुनेको, त्यसपछि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले पनि नसुनेको र अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि नसुनेको भन्दै नेता कोइरालाले प्रधानमन्त्रीले ती तीनवटै निकायबाट लाभ उठाउने काम भइरहेको आशंका व्यक्त गर्नु भयो ।

सुन काण्ड हुनुभन्दा १० दिनअघि मात्रै प्रधानमन्त्रीको सचिवालयबाट नवराज ढुंगानालाई राजस्व विभागको प्रमुख बनाउनुको रहस्य खोज्नु पर्ने भन्दै उहाँले नेपालबाट हरेक दिन कति सुन तस्करी भइरहेको छ भनेर खोजी गर्नु पर्ने औल्याउनुभयो ।

कार्यक्रममा काँग्रेस वागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापा, वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमिमा नगर सुरेन्द्र श्रेष्ठ, काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति ओम श्रेष्ठलगायतले नेपाली काँग्रेसले जनतासँग भिज्दै बिकासका लहर ल्याउनु पर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।