हामीसँग जोडिनुहोस

काभ्रेको बनेपामा‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै

1 मिनेट

०३ भदौ,काभ्रे ।

काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यलेजानकारी दिनुभयो।
यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने छ।

यसैगरी मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको आयोजकले जनाएका छन् ।

यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

प्राचीन सहर बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँ–ठाउँमा, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार भएको सहर हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।