हामीसँग जोडिनुहोस

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुदैँ

0 मिनेट

भदौ ३,काठमाडौं।

संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्ध परेका उजुरीमाथि सुनुवाइको तयारी गर्न बैठक बस्न लागेको हो।

बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिने संसदीय सुनुवाइ समितिका सदस्य जीवन परियारले जानकारी दिए।

श्रेष्ठविरुद्ध तीन उजुरी परेका छन्। दुई जनाको इमेलबाट र एक जनाको खामबन्दी उजुरी परेको छ। संवैधानिक परिषदबाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।