हामीसँग जोडिनुहोस

भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ

0 मिनेट

भाद्र ४, भक्तपुर ।

भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए ।आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताउनुभयो  । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।