हामीसँग जोडिनुहोस

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट अनुमोदित

0 मिनेट

काठमाडौं, भदौ ४ ।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन्।

संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफलपछि श्रेष्ठसँग छलफल गरेको थियो। त्यसपछि समितिले सर्वसम्मतीले श्रेष्ठको नाम अनुमोदन गरेको हो।संवैधानिक परिषद्को बैठकले १८ साउनमा श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।उनी १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन्। २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०८१ असोज १९ पछि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।