
भदौ ४,हेटौंडा ।

बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज हेटौंडामा प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेको छ ।
श्रम तथा रोजगार नीति सार्वजनिक कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडि सारेको बताउनु भएको छ । अब सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताउनुभयो ।अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार किसानलाई जोड्ने दाबी गर्नुभयो । अब सीप सिकेर मात्र विदेश जानुपर्नेगरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफूहरु लागिपरेको बताउनुभयो ।
बाग्मती प्रदेशका पत्रकारहरुका लागि पनि सामाजिक सुरक्षा कोषमा जानका लागि ५० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको तर, यसमा काम गर्नका लागि महासंघले योजना नल्याएको बताउनुभयो ।कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संविधान भित्र रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताउनुभयो ।श्रमिकहरुको विकास गरेपछि मात्र राष्ट्रको विकास हुने बताउनुभयो । यो नीतिले वैदेशिक रोजगारमा जानेहरुलाई पनि न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री लम्सालले बताउनुभयो ।
अब मन्त्रालयले नीयम, कानुन र मापदण्ड बनाएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।कार्यक्रममा मन्त्रालयका सचिव तीर्थराज भट्टराइले प्रदेशको श्रम तथा रोजगार नीतिका प्रस्तुत गर्नुभयो ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






