हामीसँग जोडिनुहोस

बोडेमा तीनदिन चाररात मनाईने १९ देवगण सहभागि नीलबाराही नाच सुरु

3 मिनेट
भक्तपुर, १६ भदौ : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवी शक्ति र तान्त्रिक बिधि अनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच शुक्रबार मधयरातीबाट सुरु भएको छ ।
बोडे सहरमा भव्य रुपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलीपल्टको मध्यरातीबाट बोडेको अखा द्यों छेँ अर्थात देवता घरबाट सुरु भइ आज बिहानसम्म करिब ११ बजेसम्म देवगण सहरको बिभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मथिनपा–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापाश्रेष्ठले जानकारी दिनुभयो ।
मध्यरातीबाट सुरु भएको नाच पछि आज बिहान टोलबासीको पूजा गर्नेको घुइचो लागेको छ । आज बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्दछन् । आज दिउँसो मध्यान्हसम्म अनवरत रुपमा यो नाच नाचीने र पूजा हुने स्थानीय जात्रा संरक्षणकर्मी दीलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाँच हो । १५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने उहाँले बताउनुभयो ।
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
दैनिक १० देखि १४ घन्टासम्म दैवी शक्तिको आधारमा परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन नभएपनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने प्रजापतिले बताउनुभयो ।
नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु भएको किम्बदंन्ती एवं जनविश्वास रहदै आएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ । नील बाराही नाचका पंगा बाजाका भरत लुमद्योंले भन्नुभयो—‘नाचको नियम कडा छ, देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।’
उहाँले नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको बताउनुभयो । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउ“छ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हदैन ।    ‘देवगणहरू नियमभन्दा बाहिर जानु हु“दैन,’—नाचका धां बाजाका रबिन्द्र भिन्दुवाले भन्नुभयो,—‘नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।’ परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेकोछ ।
प्रत्येकवर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानियको घुइ“चो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो र तेश्रो दिनभने बिहान चार बजे सुरु भएर साँझ सम्पन्न हुन्छ ।  नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्या“खा स्यनेगु’ भनिन्छ । नाच सिकाउ“दा ताः लगायतको बाजा बजाईने परमपरा रहेको छ ।
आर्थिक समस्याका कारण देवगणमा देवता बत्र चाहनेको सङ्ख्या घट्दै गएकोमा स्थानियले चिन्ता ब्यक्त गरेका छन् । भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिईरहेका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।