हामीसँग जोडिनुहोस

टिकटके शैलीमा आएका पार्टीको चर्चा गर्ने होइन, पार्टी मजबुद बनाउन लाग्नु्स : काँग्रेस सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका दोश्रो सम्मेलन

3 मिनेट
भक्तपुर, १६ भदौ : नेपाली काँग्रेसका सहमहान्त्री बद्री पाण्डेले कम्युनिष्ट लगायत अरु पार्टीको चर्चा गरेर नभई काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुरको चित्तपोलमा नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका दोश्रो सम्मेलनको उद्घाटन गर्दै उहाँले काँग्रेसले अरु पार्टीको चर्चा गर्नु भन्दा आफ्नो पार्टीको एकतालाई बलियो बनाउन लाग्नु पर्ने बताउनु भएको हो ।
काँग्रेस सहमहामन्त्री पाण्डेले भन्नुभयो, “नयाँ पार्टी चमकधमकका साथ टिकटके शैलीमा आएका छन्, त्यस्ताको कुरा गरिरहनु पर्दैन, काँग्रेसलाई एकता, उत्साह र रुपान्तरणका लागि लाग्नुस् र पार्टीलाई एकताका साथ बलियो बनाउनुहोस् ।” उहाँले काँग्रेस यतिखेर सत्तामा रहेकाले स्थानीय तहमा जहाँ जहाँ काँग्रेसबाट जनप्रतिनिधि जितेका छन्, ती वडादेखि नगरपालिकासम्ममा जनताले महसुस गर्नेगरि काम गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “वडादेखि संघीयसम्ममा जहाँ जहाँ काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ, यही बेला हो, आफ्ना क्षेत्रमा कार्य गरेर देखाउन सक्नु पर्छ, काँग्रेसको शासन, सेवा प्रवाह अरुले गरेको भन्दा राम्रो छ भनेर जनताको मन र विश्वास जित्ने गरि काम गर्नुस् ।” उहाँले पार्टीको संरचनालाई गाउँ वडातहदेखिनै बलियो बनाएर लैजानु पर्नेमा जोड दिदै काँग्रेसले अब कतै पनि हार्ने होइन जित्ने आधार बनाएर जानु पर्ने बताउनु भयो ।
उहाँले अहिलेको समयलाई पार्टीले चिन्न नसकेको टिप्पणी गर्दै यतिखेर देश र जनताका लागि आवश्यकता के छ, नागरिकको चाहना के हो, अब कसरी जनताको पक्षमा जान सकिन्छ भनेर गम्भिर चिन्तन गरेर अगाडि बढ्न नसके काँग्रेस मात्रै नभई कुनै पनि पार्टी अब रहन नसक्ने बताउनुभयो ।
यतिखेर जनताले राजनीतिक परिवर्तनको चाहना नराखेको बताउदै उहाँले जनता यतिखेर मंहगी, गरिबी र बेरोजगारीले आक्रान्त भएकाले यी समस्या समाधानतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । काँग्रेसका नेतादेखि कार्यकर्तासम्मले नेपाली काँग्रेस के हो, यसको मूल मर्म के हो, बिचार के हो भन्ने बिर्सन थालेको भन्दै उहाँले काँग्रेसले पार्टीको मर्म, बिचार, सिद्धान्तलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेस वागमति प्रदेश सभापति इन्द्र बानियाँले नेपाली काँग्रेसले पार्टी र जनभावनालाई अंगिकार गर्दै अगाडि जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, अर्का केन्द्रीय सदस्य रमा कोइरालाले नेपाली काँग्रेसले बिकास केन्द्रीय कार्यक्रमलाई जनता माझ लैजानु पर्ने बताउनुभयो ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दूर्लभ थापाले भक्तपुरको बिकासमा काँग्रेसले गति लिएको बताउनु भयो । उहाँले काँग्रेसले आफ्नै भवन निर्माण गनृ जग्गा खरिद गरिसकको र अब भवन निर्माा कार्य अगाडि बढाउन लागेको बताउनुभयो ।
भक्तपुरका नगरपालिकादेखि प्रदेश र केन्द्रीय सरकारबाट बजेट ल्याएर बिकासका आयोजनाहरु अगाडि बढाएको बताउदै भक्तपुर काँग्रेसले एकताबद्ध रुपमा पार्टीलाई अगाडि बढाउदै बिलयो बनाएर लगेको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस सूूर्यविनायक नगर समिति सभापति एवं कार्यक्रमका सभापति निशान ढुङ्गेलले राजनीतिक प्रतिवृदन प्रस्तुत गर्दै संगठनलाई ५८ गाउँटोल तहदेखिनै मजबुद र एकताबद्ध बनाएर लगेको बताउनु भयो । उहाँले काँग्रेसले जिल्ला पार्टी कार्यालयको भवन निर्माण सुरु गर्न लागेकाले त्यसलाई पूर्णता दिन सबै लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सचिव विश्वराम थापा, सुमन न्यौपानेले नीति तथा सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले आर्थिक प्रतिवदेन पेश गर्नु भएको थियो । कार्यक्रममा कााग्रेसका पुराना कायर्यकर्ता एवं पैजातन्त्र ल्याउन लाग्ने आठ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सममान गरिएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।