हामीसँग जोडिनुहोस

एमालेलाई फसाउन भनेर प्रचण्डले खोलेको भ्रष्टाचारको फाइलमा प्रचण्डमा आफै पर्ने : एमाले नेता महेश बस्नेत

3 मिनेट

भक्तपुर, १६ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई फसाउन खोलेको भ्रष्टाचारविरुद्धको फाइलमा प्रचण्ड आफै फस्ने बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका एमाले नेता बस्नेतले भ्रष्टाचार काण्डमा आफै र आफ्ना नेताहरु धमाधम पर्न थालेपछि प्रधानमन्त्री प्रचण्ड आफै भाग्न थालृेको बताउनु भयो ।

उहाँले भन्नुभयो, एमालेलाई भ्रष्टाचारमा फसाउला भनेर प्रचण्डले खालेका फाइलहरुमा धमाधम सत्ताधारी नेताहरु पर्न थाले, शरणार्थी प्रकरणमा मञ्जु खााडदेखि आरजु देउवासम्म, ललिता निवास प्रकरणमा माधव नेपालदेखि बाबुराम भट्टराईसम्म, सुन तस्करी काण्डमा माओवादीका नेता कृष्ण बहादुर महराका बाबुछोरानै पर्ने भएपछि यस्ता भ्रष्टाचारको छानबिननै अन्तै मोडेर अलपत्र पारेका छन्, निष्पक्ष छानबिन होस्, प्रचण्ड आफै भ्रष्टाचारमा पर्छन ।

देशमा सुशासन कायम गर्ने बाहनामा प्रचण्डले आफ्नो कर्तुत लुकाउने स्टनबाजी गरिरहेको भन्दै नेता बस्नेतले कांग्रेसको बैशाखी टेकेर ३२ सीटले सरकारको नेतृत्व गर्दैमा एमालेलाई समाप्त पार्ने सपना नदेख्न प्रचण्डलाई सचेत गराउनु भयो । प्रचण्डले भ्रष्टाचारको फाईल खाल्ने बहानामा आफुले सरकारमा बसेर गरेको कर्तुत लुकाउन खोजेको भन्दै उहाँले ‘एमाले सर्वहाराको पार्टी भएकाले एमालेमा भ्रष्टाचार, तस्करी नभएको बताउनुभयो ।

उहाँले एमालेले भ्रष्टाचार गरे कारबाही गर्छ, बालकृष्ण खाँडलाई जस्तो जोगाउदैन भन्दै उहाँले एमाले अब एमालेले सरकारमा गएपछि लडाकु घोटला, एनसीएल, वाईडबडी, करका दररेट परिवर्तनलगायतका काण्डहरुको छानविन गर्ने बताउनु भयो । एमाले प्रति बदलाको भावना राख्दै अभियान चलाएको भएपनि जनार्दन, आरजुलगायतका नेताहरु जेल हाल्न नसक्ने प्रचण्डले चलाएको भ्रष्टाचारको अभियान प्रचण्डमा पुगेर वियोगान्त अन्त्य हुने कुरालाई प्रचण्डले बुझ्नु पर्ने बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री सम्बन्ध विग्रन्छ भनेर भारतले ग्रेटर भारत भनेर राख्दा चुइक्क बोल्न नसकेको प्रचण्डले अब हुने चीन भ्रमणका क्रममा चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग भारतको भूभागमा देखाएको विषयमा समेत कुनै आवाज उठाउन नसक्ने दावी गर्नुभयो । माओवादीको साम्राज्यवाद र विस्तारवादको विरुद्धमा जनयुद्ध भारतीय विस्तारवाद तथा साम्राज्यवादमा गएर लम्पसार परेको भन्र्दै उहाँले प्रचण्डकै नेतृत्वमा जातीय तथा धार्मिक युद्ध हुने खतरा बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

नेता बस्नेतले माओवादीको जनयुद्धको जातीयताको नाराले समाजमा जातीय तथा धार्मिक सद्भाव अहिलेसम्म खलल् पुर्याएको भन्दै कोशी प्रदेशको बैठकमा प्रदेश नामाकरणमा कोशीमा मतदान गरी बाहिर निस्केर पहिचानको कुरा उठाएर जातीय तथा धार्मिक सद्भावमा प्रधानमन्त्री प्रचण्डले नै बाधा पुर्याएको र प्रचण्डको जजातीयताको नारा मर्न लागेको सर्पले पुच्छर हल्लाए जस्तोमात्र भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशमा लिम्बुवान, ताम्सालिङ, किराँत, थारु, मङ्गोल जस्ता अनेकन जातीय नारा दिएर प्राण्डले राजनीति गरे । अहिले पनि सक्किन लागेको माओवादीले जातीय नारा दिएर देशलाई जातीय तथा धार्मिक युद्ध मच्चाउन खोज्दैछन् । त्यसैले मर्न लागेको सर्पले पनि अन्तिम समयसम्म पुच्छर हल्लाउँछ । मान्छेलाई देख्यो कि डस्न खोज्छ । त्यस्तै प्रचण्डको अतिवादी विचारधाराले जातीयताको पुच्छर हल्लदै छ । त्यसलाई नहल्लने गरी अन्त्य गर्नुपर्छ । त्यसको लागि राष्ट्रिय युवा संघले नेतृत्व गर्नुपर्छ । देश जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्छ । सामाजिक एकता र सद्भाव नै नेपालको पहिचान हो । मेटमणी चौधरी, आङ्काजी शेर्पा, भिम उपाध्याय जस्ता अराजक व्यक्तिहरु सलवलाउन खोजेका छन् । एमालेविरुद्ध गर्ने अराजनीतिक गर्ने नेताहरुलाई सामाजिक वहिस्कार गर्नुपर्ने छ । कालोमोसो दल्नुपर्छ । कागजको घर ढल्छ । स्टनवाजीले मुलुकको परिवर्तन हुँदैन । त्यसैले बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने जस्ता व्यक्तिहरु स्टनवाजी गरेर मुलुकको समृद्धि सम्भव छैन ।’

गरिव जनता, प्राकृतिक प्रकोप, सांस्कृतिक कार्यक्रम, खोलकुद, रक्तदान, सामाजिक रुपान्तरणलगायतका असंख्य अभियान संघले चलाईरहेकोमा धन्यवाद व्यक्त गर्दै उहाँले अबका दिनमा संघले एक युवा संघ, एक सामाजिक न्यायको काम गर्नुपर्ने बताउनुभयो । युथफोर्सको माध्यमबाट सामाजिक क्षेत्रमा रुपान्तरणमा नेतृत्व गर्ने तथा बौद्धिक युवालाई समेटेर बौद्धिक परिषद्को गठन गरी सल्लाहकारको भूमिका निर्वाह गर्न सवै तहलाई निर्देशन दिनुभयो । साईवर सर्कलको माध्यमबाट सूचना प्रविधिको प्रयोग गरी आवश्यकता अनुसार गर्ने पार्टी र देशको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।