भक्तपुर, १६ भदौ । जनताले धान्नै मुश्किल हुने गरि सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरोधमा आक्रोस व्यक्त गर्दै युवा संघ भक्तपुरले आज बिशाल मसाल जुलुस प्रर्दशन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले एलपी ग्यास,पेट्रोलियम पदार्थ, खाधान्न लगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको अस्वभाविक मूल्यवृद्धि विरूद्ध विरोध गरि मसाल जुलुस प्रदर्शन गरिएको हो. ।
संघले नेकपा एमाले भक्तपुर जिल्ला पार्टी कार्यालयदेखि सूर्यविनायक चोकसम्म मसाल जुलुस प्रर्दन गरिएको संघका अध्यष रबिन थापाले जानकारी दिनुभयो । उहाँले मूल्य बृद्धिले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको बताउनु भयो । ।
त्यसैगरि आजै युवा संघले आज बानेश्वरमा पनि मसाल जुलुस प्रर्दशन गरेको छ । बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो ।
स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । उनीहरुले सरकारको कार्यशैली प्रति बिरोध जनाउदै सरकार बिरुद्ध नााराकाजी गरेको थिए ।