भक्तपुर, २५ भदौ । विगत सात महिनादेखि कुशलतापूर्वक भक्तपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल हुदै आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको गृह मन्त्रालयले सरुवा भएको छ ।
गत माघ ११ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न भक्तपुर सरुवा भइ आउनु भएका शालिन, भद्र र जनतासँग सहज पहुँच राख्दै जनताको समस्या समाधान एवं शान्ति सुरक्षा कायम गर्न गम्भिर रहने कुशल क्षमताका रिजालको आज सोमबार गृह मन्त्रालयमा सरुवा भएको हो ।
नीजि क्षेत्रलाई सुरक्षाको जिम्मेवारी दिएर सरकारको कमजोर व्यबस्थापन रहदै आएको सानोथिमीस्थित बाल सुधार गृहमा यहीँ भदौ ४ गते भएको घट्नामा सुधार गृहको गेट तोडेर फरार भएका २२० जना मध्ये २१९ जनालाई पुन नियन्त्रणमा लिएर फर्काउन सफल भएका प्रजिअ रिजाललाई गृह मन्त्रालयले सात महिनामै मन्त्रालय सरुवा गरेर अन्याय गरेको कर्मचारी बृत्तमा चर्चा छ ।
जिल्ला स्थित सरकारी कार्यालयलाई जनसेवाका मामिलामा पारदर्शी र सेवाग्राही मैत्री बनाउन अहम भूमिका निर्वाह गर्दै आएका थिए । गृह मन्त्रालयले भक्तपुरको प्रजिअमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई सरुवा गरेको छ ।