भक्तपुर । भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं.९ को ताथली नालाछापमा यहीँ असोज ११ गतेदेखि सुरु भएको ऐतिहासिक श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० को सम्पन्नको अन्तिम चरणमा आइपुग्दा महायज्ञमा सहयोगको ओइरो लागेको छ ।
देशभर रहेका वेसाहारा, असाह्य, पिडित, अपहेलीत, गरिव, निमुखा तथा आधारभुत आबश्यताबाट समेत बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने लक्ष्यका साथ १७ दिने विराट ज्ञान महायज्ञ सञ्चालन भएको थियो ।
महायज्ञमा आज असोज २५ गते बिहिबार महायज्ञमा बाग्मति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रि लक्ष्मण लम्सालले आश्रम निर्माणका लागि अपुग रकम वागमति प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
मन्त्री लम्सालले आश्रम निर्माण गर्ने कार्यमा सरकारको पूर्ण साथ र सहयोग रहने बताउदै उहाँले सरकारले ठूलो लगानी गरेर निर्माण गर्नुपर्ने आश्रमलाई ब्यक्तिको पहलमा सुरु हुनु सुखद र खुुुसी हो भन्दै यो हाम्रो जिम्मेबारीबाट पछाडि नहटने बताउनुभयो ।
उहाँले प्रदेश सरकार आफ्नो जिम्मेबारीबाट पछाडि हटन मिल्दैन भन्दै आश्रम निर्माणका लागि आवश्यक सहयोग रहने बताउनु भएको हो ।
मन्त्रि लम्सालले जीवनकालमा सबै बृद्ध हुनुपर्ने भन्दै बृद्धहरुलाई सम्मान गरेर उनिहरुको सकारात्मक ज्ञान आर्जन गर्न सकेमात्र समाज अनुशासनको पथमा अगाडी बढ्न सक्ने औल्याउनु भयो ।
त्यसैगरि आश्रमको लागि नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले एक लाख रुपैया सहयोग गरेको छ । बिहिबार एमाले पार्टी जिल्ला अध्यक्ष वचन देउजाको नेतृत्वमा महायज्ञमा आएको टोलीले आश्रम निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
पार्टी जिल्ला अध्यक्ष वचन देउजा, नेकपा एमाले वागमति प्रदेश कमिटी सदस्य दिपक बिशुङके, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णप्रसाद न्यौपाने, नगर कमिटी अध्यक्ष रामप्रसाद तिमिल्सिना सहितको एमाले जिल्ला कमिटीको तर्फबाट रु १ लाख १ हजार १११ रुपैयाँ आर्थिक दान गरेको छोरीको घर जेष्ठ नागरिक आश्रमका अध्यक्ष तथा महायज्ञमा संकल्पकर्ता विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो ।
त्यस्तै महायज्ञमा जर्मनबाट दान सहयोग प्राप्त भएको छ । बुधबार जर्मनको फ्रान्कफुर्ट निवासी नेपालकी छोरी निर्मला गुरुङ्गको परिवारले महायज्ञमा सहभागि भएर परिवारले एक लाख एकहजार १५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै बाग्मति प्रदेश सभा सदस्य रमा आले मगरले पहिलो र दोस्रो कार्यकालको लागि जनताको सेवा गर्न आफूलाई भगवानले पठाउनु भएको टिप्पणी गर्नुभयो ।
सांसद आले मगरले महायज्ञमा अक्षयकोषको स्थापना गरेको घोषणा गर्नुको साथै समाजमा विद्यमान बिकृति विसंगति बडदै गएको भन्दै बिकृति अन्त्य गरि अनुशासनको बाटोमा हिडाउन पनि धर्मको बाटो अबलम्बन गर्नुभएको हो । सुर्यविनायक नगरपालिकाद्धारा आश्रम निर्माणको लागि ५० लाख देखि १ करोड सम्म सहयोगको घोषणा गरेको छ ।
त्यस्तै भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकाको तर्फबाट छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड सम्म सहयोग गर्ने घोषणा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको उक्त आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड वरावरको रकम सहयोग गर्न तयार रहेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले घोषणा गर्नु एको हो ।
नगरप्रमुख सहित उपप्रमुख सरिता तिमिल्सिनाको पनि कार्यक्रममा सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा नगरप्रमुख थापाले १ लाख १ हजार १११ रुपैयाँ पनि सहयोग गरेका छन । त्यस्तै उपप्रमख तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गर्नुभयो ।
त्यस्तै नगरपालिकाको तर्फबाट वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्त,२ का प्रदिप कार्की,३ का दिपेन्द्र केसी,४ का लक्षुराम केसी, ५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्काको सहभागिता रहेको थियो । त्यस्तै वडा नं. ७ का रविन्द्र सापकोटा,८ का पुष्पराज बस्नेत,९ का भगवान खत्री र वडा नं. १० का शिवराम राउतको पनि सहभागीता रहेको थियो ।
त्यस्तै वाग्मति प्रदेश सभाकी अर्की प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले यहाँको आश्रम निर्माणले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले गर्ने सहयोगमा पूर्णबिराम नलाग्ने बताउनु भयो । उहाँले यहाँको सहयोगका लागि प्रदेश सरकारको सधै सहयोग रहने हाम्रो आवाज पुगिरहने बताउनुभयो ।
त्यस्तै नालाछाप प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको टोलीले छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ तीन लाख २४ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सहकारीको करिब ३०० सदस्य टोलीले महायज्ञमा सहभागि भइ पुरस्कार जितेको थियो ।
त्यसैगरि चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले छोरीको घर आश्रम निर्माणका लागि लाख मात्र नभएर करोड–करोड बजेट विनियोजन गर्न नगरपालिका तयार रहेको बताउनुभयो । शनिवार ताथलीमा सञ्चालन भएको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागि भएका नगरप्रमुख खत्रीले बताउनु भयो ।
मेयर खत्रीले भन्नुभयो, “अहिले २० लाख ३० लाख दिन्छु भनेर उक्त रकमले आश्रम नबन्न पनि सक्छ । महायज्ञबाट सङकलन भएको रकम मध्येबाट जति रकम अपुग हुन्छ रु. ५० लाख, रु. एक करोड त्यो सबै रकम नगरपालिकाले दिन तयार छ ।” उहाँले आर्थिक अभावले आश्रममा कुनै पनि गलत सोचाई रहजु पर्ने बताउनुभयो ।
कार्यक्रममा हरेक काम भगवानले जिम्मेवारी दिने गरेको भन्दै सांसद आले मगरले महायज्ञ आयोजना गर्ने जेष्ठ नागरिकको सेवा गर्ने जिम्मेवारी पनि विजयमूर्ति महाराजलाई भगवानले नै जिम्मेवारी दिएको बताएकी छन ।
त्यस्तै कार्यक्रममा बाग्मति प्रदेश सभाका सदस्य सकुन्तला श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि प्रदेश सांसद कोषबाट रु १० लाख बढी बजेट विनियोजन गर्ने घोषणा गर्नु भयो । महायज्ञमा सहभागि भएकी सांसद श्रेष्ठले उक्त कुराको घोषणा गर्नु भएको हो ।
त्यस्तै ताथली ९ गिरीटोल निवासी सुरेशराज गिरीले छोरीको घरमा १० लाखको अक्षयकोष स्थापना गर्नु हुने नहुने जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका स्थानिय समेत रहेका गिरीले आफ्नो दिवंगत आमाबुवाको नाममा अक्षयकोष स्थापना गर्न घोषणा गर्नुभएको हो । आश्रममा रहेका जेष्ठ नागरिकलाई उक्त रकमबाट आएको ब्याजबाट प्रत्येक महिनामा आश्रममा रहेका आमाबुबाको स्वास्थ्य परीक्षण, गाँस तथा आबश्यता अनुसार खर्च गरिने उहाँले बताउनुभयो ।
त्यस्तै ताथली निवासी श्रीकण्ठ खड्काले आश्रमका लागि एम्बुलेन्स खरिद गर्न रु. १० लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । एम्बुलेन्स खरिद तथा आश्रमको लागि भरेर जम्मा रु ११ लाख ११ हजार १११ सहयोग गरेको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिएका छन ।