हामीसँग जोडिनुहोस

प्रधानमन्त्री दाहाल र पूर्वमन्त्री यादवबीच भेट

1 मिनेट
भक्तपुर, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आउनु भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मातृका यादवसंग भेट गर्नु भएको छ ।
केही साता यता बिरामी परेर उपचारका लागि भोली भारत जाने तयारी गर्नु भएका नेता यादबसंग भेट गरि प्रधानमन्त्री दाहालले यादवको स्वास्थ्य अबस्थाकाबारेमा जानकारी लिनु भएको थियो । मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आउनु भएका नेता यादबको प्रधानमन्त्री दाहालले शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासंग भेट गरि यहाँको अबस्थाकाबारेमा जानकारी लिनुभएको छ ।
मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्रका मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष बिजयकृष्ण श्रेष्ठको समन्वयमा उहाँकै निवासका स्थानीइवासी एवं कार्यकर्तासंंग वर्तमान् राजनीतिक अबस्था र यहाँको बिकासकोबारेमा छलफल गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाका उपप्रमुख श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीसँग यहाँका बासिन्दाको छलफल भयो, प्रधानमन्त्रीले देशको समग्र राजनीतिक विषयकाबारेमा जानकारी गराउनु भयो, मध्यपुरथिमिको बिकासकाबारेमा चासो लिनुभयो, देशको बिकासमा थप प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।”

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।