हामीसँग जोडिनुहोस

नगर प्रमुख वासुदेव थापाद्धारा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलन्यास (फोटो फिचर)

4 मिनेट
भक्तपुर, ४ पुस । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित वडा कार्यालयको प्रशासनीक भवन र कुटुञ्जे स्वास्थ्य चौकीको नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको छ । नगरपालिकाले विनियोजन गरेको बजेटमा निर्माण सुरु गर्दै आज नगर प्रमुख बासुदेव थापाले वडा कार्यालयको प्रशासनीक भवनको शिलान्यास गर्नु भएको हो ।
उहाँले निर्माण व्यवसायीले भवन निर्माणको ठेक्का सम्झौता गरेर वर्षौैसम्म म्याद गुजारेर अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्ने ऐन नियम सरकारले ल्याउनु पर्ने बताउनु भयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “नेपालमा बुझ्नै नसक्ने कानून निर्माण व्यवसायीका लागि रहेछ, हाम्रो नगरपालिकाको भवन अघिल्लो कार्यकालमै सम्पन्न गरि नयाँ भवनमा सर्ने गरि सम्झौता गरिएको थियो तर तोकिएको समयमा निर्माण भएन, यो कार्यकालको पनि झण्डै दुई वर्ष बित्न लाग्यो, अझै सम्पन्न भएको छैन, हामीदे दबाब नदिएको भए यो कार्यकालमा पनि पुरा हुदैनथ्यो होला, अब आठ नौ महिनामा सम्पन्न भएर नयाँ भवनमा सर्न सकिएला भन्ने लागेको छ । समयमा निर्माण सम्पन्न नगर्ने, ढिला सुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने कानून आउनु पर्छ ।”
नगरपालिकाको नयाँ भवन पटक पटकको दबाबका बाबजुत अन्तिम चरणमा पुगेको भन्दै उहाँले नगरपालिकाकोे १ नम्बर वडाको जग्गा नहुदा नयाँ भवन बनाउन नपाए पनि अरु २ देखि १० सम्मका वडाले नयाँ भवन पाएको र पाउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
चुनाबमा जनतासंग गरेको प्रतिबद्धता पुरा गर्दै आएको बताउदै उहाँले पहिलाका अधूरा काम सम्पन्न गर्न र नयाँ राम्रा कामको सुरुवात गर्नका लागि एक पटकलाई पुनः मत मागेर आएको भन्दै उहाँले जनतासँग मकत माग्दा गरेको प्रतिबद्धता पुरा गर्ने बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “हामीले गरेका बिकास निर्माणका संकल्पहरु पुरा गर्दै आएका छौँ? नगरपालिकाले सुरुमा ऐन, कानून निर्माणमा लाग्यउौ, ८७ वटा ऐन कानून बनायौ, आफ्नै प्रशासनीक भवन निर्माण अन्तिम चरणमा छ, नगरपालिकाका सबै वडामा जोड्ने गरि मुख्य र शाखा सडकहरु निर्माण गर्दै कालोपत्र गर्यौ? पुलहरु बनायाँे, स्कुल, मठ मन्दिर, सामुदायिक भवन बनायौ, सबै वडामा खानेपानी पुर्याउदै छौँ, मेलम्चीको पानी पनि बितरण गर्दैछौँ, अब सुन्दर, हराभरा र रमणीय र सम्बृद्ध नगरपालिका बनाउने अठोटका साथ हामी अगाडि बढेका छौँ ।”
उहाँले पहिलो कार्यकालका ४० प्रतिशत जनप्रतिनिधि दोहोरिएर आएको र ६० प्रतिशत नयाँ जुझारु जनप्रतिनिधिहरुको साथ, सबै वडाका जनप्रतिनिधि र कार्यपालिका सदस्य, कर्मचारी, मतदाता, स्थानीयवासीको सहयोग र साथले नगरपालिकाले बिकासका काम अगाडि बढाइरहेको बताउदै उहाँले बाँकी कार्यकाल पनि बिवाद रहित र समृद्ध नगरपालिका बनाउने बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई कटुञ्जे स्वास्थ्य चौकीसमेत रहेको वडा कार्यालयको भवन सम्झौताको मिति भन्दा अगाडिनै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले नगरपालिका र निर्माण कम्पनी त्रिशक्ति एस जेभीबीच रु. तीन करोड १७ लाखको लागतमा अन्डरगाउण्ड पार्किङसहित पाँच तलाको सुबिधा सम्पन्न भवन निर्माण गर्ने गरि सम्झौता भएको बताउनुभयो ।
उहाँले नगरपालिकाको आफ्नै बजेट भएकाले कुनै पनि भुक्तानी नरोकिने बताउदै सम्झौतामा निर्धारण गरेको मिति अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति वडा नंं ५ का वडा सदस्य मनोज थापाले नगरपालिकाले गरेका बिभिन्न विकासका गतिबिधिकाबारेमा चर्चा गर्दै निर्माण सुरु भएको नयाँ भवनमा वडा कार्यालयको प्रशासनीक भवन र स्वास्थ्य चौकीको सेवा सञ्चालन गर्ने बताउनुभयोे ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, १ देखि १० सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, दलीय प्रतिनिधिहरु, बिभिन्न संस्थाका  प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।
निर्माण व्यबसायी रमेश हुमागाईले तीनवर्षको ठेक्का सम्झौता भएपनि डेढवर्षमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।