हामीसँग जोडिनुहोस

लामिछानेको नेतृत्वमा राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघको नयाँ कार्यसमिति निर्वाचित

1 मिनेट

राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघ नेपालको अध्यक्षमा टिकाराम लामिछाने निर्वाचित भएका छन्। राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ नेपालको पौष ९ गते भरतपुर, चितवनमा सम्पन्न १३औँ वार्षिक साधारण सभा र ७औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा लामिछाने निर्वाचित भएका हुन्।

यस्तै राष्ट्रिय साङ्केतिक भाषा दोभासे सङ्घ नेपालको उपाध्यक्षमा सन्तोषी घिमिरे तथा महासचिवमा कैलालीका मौसम भट्ट निर्वाचित भएका छन्। दोभासे सङ्घ नेपालको सचिवमा प्रकाश महर्जन,कोषाध्यक्षमा उमा पौडेल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा विश्वामित्र भित्रकोटी, अर्चना कर्ण, सपना अधिकारी चयन भएका छन्। राष्ट्रिय साङ्केतिक भाषा दोभासे सङ्घ नेपालको महासचिवमा निर्वाचितपछि भट्टले गरिमामय पदमा निर्विरोध निर्वाचित गराउनुहुने सम्पूर्ण सदस्य महानुभावलाई धन्यवाद व्यक्त गरे। साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।