हामीसँग जोडिनुहोस

बढी ब्याजको लोभमा नपरौ : प्रदेश सांसद किरण थापा

नागरिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा बस्नेत

3 मिनेट

भक्तपुर, १४ पुस । वागमति प्रदेश सभा सदस्य किरण थापाले बढी ब्याजको लोभमा केही पनि जानकारी नपाएको सहकारी संस्थामा बचत जम्मा गर्न नहुने बताउनु भएको छ ।

नागरिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै उहाँले बढी प्रलोभन दिने, अपरिचित व्यक्तिले सञ्चालन गरेको सहकारी र सहकारीको नीति नियम भन्दा बढी जथाभावी ब्याज बाड्ने सहकाचरी पछिल्लो समयमा भागिरहेको बताउनु भएको हो ।

प्रदेशसभा सदस्य थापाले भन्नुभयो, “बढी ब्याजको लोभमा परेर बचत गरिरहेको संस्था भागिरहेका छन्, जीवन भरको परिश्रम गरेर बचाएको पैसा, भएको जग्गा बिक्री गरेर आएको पैसा जम्मा गरि बुढेसकालको जीवन ब्याजबाट निर्वाह गरौला भनेर सहकारीमा जम्मा गरेको रकम फिर्ता नदिई सहकारी भाग्दा धेरै अलपत्र परेको छ ।”

यस्तो जटिल अबस्थामा पनि समाजलाई केही गर्छौ भनेर लागेको नागरिक सहकारी १८ औ वर्ष पार गरेको र यो सहकारीको नीति, नियम, मापदण्ड भित्र रहेर सञ्चालन भएकाले यहाा रकम जम्मा गर्न ढुक्क रहेको बताउनुभयो ।

वागमति प्रदेश सभा सदस्य किरण थापाले कुनै्र पनि सहकारीमा रकम जम्मा गर्नुअगाडि ती सहकारीका सञ्चालकहरु को को छन्, कस्ता प्रबृत्तिका सञ्चालकहरु हुन् सहकारी नीति नियम र पारदर्शी छ कि छैन, भन्ने नबुझी सदस्यता लिने र रकम जग्मा गर्ने गर्न नहुने बताउनुभयो । सहकारी पनि अब आयआर्जनका काममा, उद्योग व्यवसाय सञ्चालन गर्न, रोजगारी बृद्धि गर्न पनि सहकारी लाग्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष देवलाल किसी वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. ०७९÷०८० मा रु. ३४ लाख ५५ हजार नाफा गरेको बताउनु भयो । उहाँले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार यो वर्ष संस्थाको कुल आम्दानी रु. ६ करोड ३२ लाख २७ हजार रहेकोमा कूल खर्च रु. ५ करोड ९७ लाख १२ हजार रहि कूल आम्दानी रु. ३४ लाख ५५ हजार भएको हो ।

अध्यक्ष किसीका अनुसार आ.ब. ०७९÷०८० मा संस्थाको कूल सम्पत्ति रु. ४० करोड ८४ लाख ८४ हजार रहेको, कूल बचत रु. ३२ करोड १६ लाख २७ हजार, कर्जा लगानी रु. ३३ करोड ५२ लाख ९२ हजार, चुक्ता पुँजी रु. २ करोड ९४ लाख २७ हजार, जगेडा तथा अन्य कोषमा रु. २ करोड ६१ लाख ४३ हजार पुगेको छ ।

त्यस्तै कर्जा नोक्सानी व्यबस्थामा रु. १ करोड १२ लाख ८८ हजार, बाह्य ऋण तर्फ रु. १ करोड २२ लाख, नगद तथा बैंक मौज्दात रु.३ करोड ७८ लाख ७ हजार, स्थिर सम्पत्ति रु. २ करोड ५३ लाख ७३ हजार पुगेको छ । उहाँले आगामी आर्थिक वर्षको कार्य योजना समेत प्रस्तुत गरेपछि सर्वसम्मतले पारित गरेको थियो ।

त्यसअवसरमा संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेतले स्वागत गर्दै नागरिक बहुउदेश्यीय सहकारी संस्थाले जनताको पक्षमा वचतकर्ताको विश्वास र भरोसा लिएर सञ्चालन भइरहेको बताउनु भयो ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद प्रसाद काफ्लेले वार्षिक प्रतिवेदन पेश गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक, असल वचतकर्ता एवं असल ऋणीलगायतलाई सम्मान गरिएको थियो ।

बस्नेतको अध्यक्षमा नयाँ नेतृत्व चयन :

नागरिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

संस्थाको आज सम्पन्न साधारण सभाले विदुरमान सिंह बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा देवलाल किसी, सचिवमा रजनी के सी मानन्धर, कोषाध्यक्ष्माः माधव थापा, सञ्चालकहरुमा न्हुच्छे रत्न खाइतु, सुर्य बहादुर खाइतु, पुरुषोत्तम शिल्पकार, विष्णु देवी चवाल, सरस्वती बस्याल न्यौपाने चयान हुनु भएको छ ।

त्यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिनोद प्रसाद काफ्ले, सदस्यहरुमा रामेश्वर राजथला र सुलोचना मानन्धर चयान हुनु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।