हामीसँग जोडिनुहोस

भक्तपुरमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

1 मिनेट

भक्तपुर, १५ पुस :  नेपाल भारोत्तोलन संघले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

संघले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले पुरुष÷र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने बताउनुभयो ।

प्रतियाृगितामा २५० खेलाडीको सहभागिता रहने बताउदै उहाँले सहभागी सबैको खाना र बसोवासको व्यवस्था संघले नै गर्ने बताउनुभयो ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८६ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि तथा यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।