हामीसँग जोडिनुहोस

अग्रेजी नयाँवर्षमा भक्तपुरका नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटक आगमन

4 मिनेट

अंग्रेजी नयाँवर्षको भीडले पर्यटन व्यवसायीलाई उर्जा र उत्साह थपेको बताउदै व्यवसायी रामसुन्दर बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइचो लागेपछि पर्यटन व्यबसायमा पुन आशा पलाएको छ ।”

-रमेश गिरी

भक्तपुर, १६ पुस : आज अग्रेजी नयाँ वर्ष–२०२४ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणले थलिएपछि अहिले लयमा फर्कदै गरेको पर्यटन व्यबसाय बाह्य भन्दा पनि आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायीहरु उत्साहित भएका हुन् । अंग्रेजी नयाँवर्ष–२०२४ को आगमनले भक्तपुरका पर्यटकीयक्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अंग्रेजी नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटलहरु भरिएका छन् । बेलुका बास बसेर आज बहान सूर्योदयसंगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो ।
लामो समय ओरालो लागेको पर्यटन व्यबसायमा दुइवर्षयता चहलपहल बढेको र यसवर्षको अग्रेजी नयाँ वर्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमंग थपेको पर्यटन तथा होटल व्यबसायी अशोक थापा बताउनु हुन्छ ।

नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक समेत रहनु भएका थापाले भन्नुभयो, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अग्रेजी नयाँ वर्षमा पनि ४० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ६० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”

सामान्यदेखि ४ स्टारसम्मका हानेटलहरु रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाँप बढेपछि व्यवासायीहरु थप होटल र कोठा थप्न उत्साहित भएको भन्दै उहाँले नगरकोटमा थप होटलहरु खुल्ने क्रम जारी रहेको बताउनुभयो । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन निकै बढ्दा व्यबसायीहरु उत्साहित भएको थापा बताउनु हुन्छ ।

विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटलहरु भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले होटल क्षेत्रमा काम गरेको २३ वर्ष भयो तर कोरोनाले पहिलो पटक थलिएको होटल व्यवसाय अब त उठ्न सकिदैन कि भन्ने लागको थियो तर नेपाली र अंग्रेजी नयाँवर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकहरुको आगमन बढेपछि अब उत्साह थपिएको छ ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताउनु भयो । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष एक करोड बजेट विनियोजन गरेको बताउदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताउनु भयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२४ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताउनु भयो । उहाँले भन्नुभयो, “एकसता अगाडिदेृखि होटलहरु बुक भए, हिजो यहाँका होटलहरु खचाखच थिए, कतिपयले कोठा नपाउने अबस्था आयो, नेपालीहरुमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।”यता भक्तपुरकै अर्को नयाँ पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरु आन्तरिक पर्यटकले नै भरिएका छन् ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेक्ले बताउनु भयो ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।

यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको २६ करोडको लागतमा सञ्चालनमा आएको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक समेत रहनु भएका बकेँ बताउनु भयो ।

सहज पक्कि सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटलहरु खचाखच भएको बताउनु भयो ।

अंग्रेजी नयाँवर्षको भीडले पर्यटन व्यवसायीलाई उर्जा र उत्साह थपेको बताउदै व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइचो लागेपछि पर्यटन व्यबसायमा पुन आशा पलाएको छ ।”

नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको भन्दै उहाँले आगामी एकसातासम्मका लागि होटलमा आन्तरिक पर्यटकले भरिएको बताउनुभयो ।

घ्याम्पेडाँडामा २१ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यबसायमा उत्साह थपेको बताउनु हुन्छ । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउदै उहाँले अग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको बताउनु भयो ।

रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मूश्किल पर्न थालेको बताउनु हुन्छ । आन्तरिक पर्यटकको आगमन बढ्दै गए पछि होटलको क्ष्मता पनि बढाउदै लगेको बताउदै उहाँले काठमाडौंको नजिक पर्यटकीय गन्तव्य भएकाले पनि स्वदेशी पर्यटकको आगमन बढेको उहाँ बताउनु हुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।