हामीसँग जोडिनुहोस

भिजन ०९४ सुरु गरौँ, राष्ट्रपतिदेखि सांसदसम्म दोहरिने परम्परा रोकौँ : महामन्त्री शर्मा

1 मिनेट

भक्तपुर, १६ पुस : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाबी नारा मिसन ०८४ होइन अब देश बनाउने स्पष्ट भिजनसहितको भिजन ०९४ सुरु गर्नु पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला संगठन शाखा भक्तपुरले आज आयोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उहाँले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०८४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

महामन्त्री शर्माले आउने चुनाबको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

दलका नेताहरु अबसरका पदका पटक पटक दोहोरिने परम्परा अब अन्त्य गर्नु पर्ने बताउदै महामन्त्री शर्माले भन्नुभयो, “पटक पटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनै पर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक भन्दा बढी दोहोरिन दिनु हुदैन ।”

संबिधान सहमतिको साझा दस्ताबेज भएको भन्दै उहाँले दलहरुबीचको सहकार्यले शान्तिप्रक्रियाका बाँकी काम पुरा गरी संबिधान प्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले ठुलो जनसंख्याका कारण नेपाली बिदेश जाने अबस्थालाई रोक्ने र बिदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अबस्था नरहेको बताउँदै बरु बैदेशिक रोजगारीको मर्यादा अभिबृद्धि गर्नुपर्ने उहाँको भनाई थियो ।

पार्टीका संस्थापक नेता बीपी कोईरालालाई विगतमा राजाले त्यसपछि एमाले, माओवादी केन्द्रले मात्र होईन स्वयं नेपाली कांग्रेसले समेत अझै चिन्न र बुझ्न नसकेको बताउनु भयो ।

बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँले बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

महामन्त्री शर्माले गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ भन्दै देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको र देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने बिश्वास जगाउनुपर्ने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।