हामीसँग जोडिनुहोस

हिन्दु धर्म माथिको प्रहार अब सह्य हुदैन : राप्रपा नेपालका अध्यक्ष कमल थापा

2 मिनेट

भक्तपुर, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशका ठूला राजनीतिक दलहरुको स्वार्थले देश दुर्घटनाको संघारमा पुगेको बताउनु भएको छ ।

आज मध्यपुरथिमिस्थित शखधर चोकमा राप्रपा नेपाल भक्तपुरले आयोजना गरेको बिरोध सभामा बोल्दै उहाँले देशको बिकास, देशको हित र जनताका स्वार्थका लागि सबै राजनीतिक दलले पार्टी र व्यक्ति स्वार्थ भन्दा माथि उठेर सोच्नु पर्ने बेलामा पनि देशलाई भ्रष्टाचारको दलदलमा फसाउदै लगेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रलगायत सबै दलले यतिखेर छातीमा हात राखेर सोच्नु पर्ने बेला आएको छ, के साँच्चै देश र जनताका लागि पार्टीको स्वार्थभन्दा माथि उठेर काम गरेको छ त ? छैन । यिनै दलका नेताको सत्ता केन्द्रीत स्वार्थले भ्रष्टाचार फैलिदै गएको छ ।”

सरकारको नालायकीपनका कारण देशका होनाहार युवाहरु बिदेशिन बाध्य भएका छन् भन्दै उहाँले सरकारले देशमै रोजगारीको व्यबस्था गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले नेपाल अबैध सुन भित्रिने मूल ढोकाको रुपमा परिचित बनेको टिप्पणी गर्दै सरकारले सिलसिलाबद्ध रुपमा बाहिर आएका भ्रष्टाचारलाई संरक्षण गरेको बताउनु भधयो । उहाँले सरकार आफै भ्रष्टाचारको दलदलमा फसेको र सत्ताधारी दलहरु पालैपालो भ्रष्टाचार काण्डमा बाहिररिनुले पनि यी दलहरु भ्रष्टाचारमा लिप्त भएको पुष्टी भएको बताउनुभयो ।

उहाँले राप्रपा नेपाल अरु धर्मको बिरोधी नभएको तर नेपाल हिन्दु राज्य कायम हुनु पर्छ भन्ने मान्यता राख्दै आएको भन्दै हिन्दु धर्ममाथि पटक पटक भइरहेको प्रहार सहेर बस्न नसकिने बताउनुभयो । हिन्दु धर्म मास्ने अभियान डढेलोको रुपमा सल्किएको भन्दै उहाँले यसलाई रोक्न नसके नेपालले धार्मिक हिंसा र युद्ध भोग्नु पर्ने बताउनुभयो ।

हिन्दु राज्य र राजसंस्था राप्रपा नेपालको एजेण्डा बन्दै आएको बताउदै उहाँले जनताको चाहना हिन्दु राज्य र राजसंस्थानै भएकाले अब जनता यसका लागि उठ्नु पर्ने बताउनु भयो । ठूला दलले लोकतन्त्रको नाममा षडयन्त्रपूर्वक जनताको चाहना विपरित राजसंस्थालाई पाखा लगाएको भन्दै अहिलेको व्यबस्थाले जनता वाक्क भएको बताउनुभयो ।

कार्यक्रममा पार्टी उपाध्यक्ष तारानाथ लुइटेल, वरिष्ट नेता बिष्णु भट्टराई, सहमहामन्त्री मुकुन्द खत्री, काठमाण्डौ अध्यक्ष श्यामप्रसाद घिमिरे, ललितपुर अध्यक्ष सुदर्शन रेग्मी, भक्तपुर अध्यक्ष श्यामप्रसाद नेपाल मध्यपुर नगर अध्यक्ष विकास प्रजापति लगायतले हिन्दु राज्य र राजसंस्था फर्काएर देशलाई बचाउन सबै राष्ट्रवादीहरु एक हुनु पर्ने बताउनुभयो ।

यसअघि मध्यपुरथिमि नगरपालिका चोकबाट सुरु भएको राप्रपा नेपालको बिरोध र्याली मध्यपुरथिमिको बिभिन्न टोलको परिक्रमा गर्दै शंखधर चोकमा आएर सभामा परिणत भएको हो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।