हामीसँग जोडिनुहोस

झिंगा भन्किएका फोहोर मासु बिक्री गर्छन् व्यापारी

1 मिनेट

भक्तपुर, १७ पुस : भक्तपुरका मासु व्यापारीले झिंगा भन्किएका र फोृहोर मासु बिक्री गर्ने गरेको भक्तपुर नगरपालिकाल् आज गरेको मासु पसलको अनुगमनमा देखिएका्े छ ।

नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकादेखि इनाचोसम्म रहेका मासु पसलहरु आज गरेको अनुगमनमा अधिकांश पसलमा झिंगा भन्किएका, फोहोर र न्यूनतम मापदण्ड पनि पुरा नगरी मासु बिक्री गर्ने गरेको पाईएको हो ।

स्थानीयहरुको मासु पसल सुधार नगरेको र पुरानै मानसिकताबाट पसल सञ्चालन गरेको पाइएको निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

अनुगमनमा सराज फिश हाउस, जय भिमसेन मासु पसल, सिद्धिगणेश मासु पसल, दोलखा भिमसेन मिट सप, इनाचो मिट सपलगायत दर्ता तथा नविकरण नगरी सञ्चालन गरेको, मासु पसल फोहोर भएको, मुल्य सूचि नराखेको, एप्रोनको प्रयोग नगरेको, पेटी र पेटीमुनि सामान राखेको, भित्ता र भईमा सफा गर्न मिल्ने कार्पेट वा टायलको प्रयोग नगरेको पाईएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनमा नविकरण नगरी प्रयोग गरिरहेको तीन वटा पसलबाट तराजु जफत गरेको छ । पसल दर्ता तथा नविकरण गर्न, पसल सफा राख्न र मापदण्ड पुरा गर्न निर्देशन दिएको र निर्देशन अटेर गरे कारबाही गरिने उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।