हामीसँग जोडिनुहोस

एकसाता पछि बिदा भए मध्यपुरथिमिबाट नवदुर्गा देवगण  

1 मिनेट
भक्तपुर, १७ पुस : तान्त्रिक शक्ति रहेको भक्तपुरको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको प्रसिद्ध नवदुर्गाको नाच एकसातासम्म मध्यपुरथिमिको टोलटोलम पष््रर्दशन एवं पुजा ग्रहण गरि बिदा भएको छ ।
मध्यपुरथिमिमा पुस ११ गतेबाट सुरु भएको नवदुर्गा नाच अन्तिम दिन सोमबार दिउँसो र राती मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरती गरी जात्रा प्रर्दशन गरिएको थियो । त्यसपछि स्थानीयको पूजा ग्रहण गएराती नवदुर्गा नाच भक्तपुर फर्किएको मध्यपुरथिमि नगरपाकिलाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच चपाचोमा प्यमा द्यो नाच, भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, नगदेश र बोडेमा, दथुटोलमा, दधिकोटको चित्रपुरमा, मध्यपुरथिमिको मरु टोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रर्दशन गरिएको थियो भन्तिम दिन सोमबार दिउँसो र राती बालकुमारी क्षेत्रमा प्रर्दशन गरेपछि स्थानीयले भव्य पूजा गरेर विदाई गरेका थिए ।
नवदुर्गा जात्रा व्यबस्थापन समितिका सचिव रत्नमान बनमालाका अनुसार नवदुर्गा नाचमा देवगणले गणेश, कुमार, सिंह कुमारी र दुम बाराहीको मुकुण्डो लगायत तान्त्रिक बिधि अनुरुप नाच्ने गर्दछन् । नवदुर्गा नाचमा साक्षात नवदुर्गा देवी प्रकट हुने जनविश्वास रहदै आएको छ भने नवदुर्गाले एक वर्ष भरिका लागि स्थानीयलाई आर्शिवाद दिने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
नवदुर्गा देवगणलाई नाच प्रर्दशनका लागि नगरपालिकाले बजेटको व्यबस्था समेत गर्दै आएको जानकारी दिनुभयो । एक साता मध्यपुरथिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेंमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नाच प्रदर्शन गरी जात्रा सञ्चालन गर्ने र सुरक्षाको व्यबस्था गरेको उहाँले बताउनुभयो ।–––

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।