हामीसँग जोडिनुहोस

सहज सडक पहुँचले राजधानीको नजिकै गाउँ छालिङ्गको फेरिदै मुहार

3 मिनेट
नगर प्रमुख जीवन खत्रीले भन्नुभयो, “भौगोलोकि हिसाबले चाँगुनारायण ठूलो नगरपालिका हो, अधिकांश ग्रामिण क्षेत्र रहेको यस नगरपालिकाको छालिङ्गमा सडककै कारण अझै पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन, त्यसका लागि हामीले पहल गरिरहेका छौँ, बिकटलाई सुगम बनाउन यसै आर्थिक वर्ष भित्र नगरपालिका र प्राधिकरणको बजेटले छालिङ्गको सडकलाई पूर्णता दिने योजना छ ।”
===========================================
-रमेश गिरी
भक्तपुर, २२ पुस : भक्तपुर नगरपालिकाको शहर कमलविनायकबाट करिब ३०० मिटर अगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानबाट उत्तरपट्टिको पुरानो बस्ती चाँगनारायण नगरपालिका–५ छालिङ्गको मुहार फेरिन थालेको छ ।
नेपाली सेनाको सैनिक प्रतिष्ठान व्यारेक पछाडिबाट सुरु हुने घना ग्रामिण बस्ती रहेको छालिङ्ग गाउँ कमलविनायकबाट करिब ३ किलोमिटर मात्रै टाढा छ । तर भक्तपुरको ग्रामिण क्षेत्रहरुमा नयाँ बिकासका आयोजनाहरु थपिइ रहदाँ छालिङ्गवासीले भने बिकास आयोजनाको मुहारसमेत देख्न नपाउँदा निकै सास्ती खेप्दै आएका छन् ।
बिकासका मुख्य पूर्वाधारका रुपमा मानिने सडकको ट्रयाक करिब ३० वर्ष अगाडि खुले पनि नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठानको तालिम केन्द्रको रुपमा रहेको सो स्थानमा सडक बिस्तार गर्दै पक्कि गर्न प्रतिष्ठानले अबरोध गर्दै आएपछि यहाँका बासिन्दा र जनप्रतिनिधिले करिब पाँचवर्ष सेनाको पर्खाल भत्काउन संघर्ष गर्नु पर्यो ।
सेनाको अबरोधका कारण छालिङ्गमा सडक नपुगेको र स्थानीयवासी, जनप्रतिनिधिको पटक पटक प्रयासले अन्तत तीन वर्ष अगाडि सेनाले पर्खाल भत्काएर सडक बिस्तारमा सहजीकरण गरिदिएपछि बल्ल छालिङ्गवासीमा खुसी छाएको स्थानीय युवा गोकर्ण पुरी बताउनुहुन्छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सैनिक प्रतिष्ठानदेखी छालिङ्ग सडकमा कालोपत्र गरेपछि भने यहाँकावासीमा थप खुसी छाएको छ । नगर प्रमुख जीवन खत्रीको अथक प्रयासमा प्राधिकरणले विनियोजन गरेको रु. १० करोडको बजेटमा सैनिक प्रतिष्ठानबाट वडा नं. ५ छालिङ्ग कार्यालय पुग्ने २५० मिटर सडक, खरिपाटी मनकामना  १५० मिटर सडक र वार्ड नं. ७ वागेश्वरी सुविधा नगरमा फुटपाथ सहित एककिलोमिटर सडक कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “भौगोलोकि हिसाबले चाँगुनारायण ठूलो नगरपालिका हो, अधिकांश ग्रामिण क्षेत्र रहेको यस नगरपालिकाको छालिङ्गमा सडककै कारण अझै पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन, त्यसका लागि हामीले पहल गरिरहेका छौँ, बिकटलाई सुगम बनाउन यसै आर्थिक वर्ष भित्र नगरपालिका र प्राधिकरणको बजेटले छालिङ्गको सडकलाई पूर्णता दिने योजना छ ।”
स्थानीय गोकर्ण पुरी भन्नुहुन्छ, “अहिलेका जनप्रतिनिधि आएपछि छालिङ्गको फेरिएको छ, सडक कालोपत्रको सुरुवात भएको छ, नगर प्रमुखको नेतृत्वमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ, यहाँको सडकलाई पिखेल र खरिपाटीसंग जोड्ने कार्य सुरु भएको छ, यहाँको ओझेलमा पर्दै आएको ऐतिहासिक धार्मिक आस्थाको धरोहर मच्छेनारायण मन्दिरको जिर्णोद्धार र पर्यटकीय गन्तव्य बनेको छ, बल्ल यस ठाउँमा बिकासको मुहार फेरिए झै लाग्न थालेको छ ।”
वर्षामा हिलाम्मे र हिउँदा खाल्डाखुल्डी सडकका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा यहाँका बासिन्दाले आजसम्म पनि उच्च शिक्षा अध्ययन गर्न, क्याम्पस पढ्न जान, स्वास्थ्य सेवाका लागि अस्पताल जान, यहाँका उत्पादनलाई बजारसम्म पुर्याउन र बजारका सामान घरसम्म ल्याउन चार किलोमिटर सडक पैदलनै पार गर्दै आउनु परेको उहाँको भनाइ छ ।
नगरपालिकाले छालिङ्गमा १०० र मनकामना सडक १०० गरि यस वर्ष २०० मिटर सडक यस क्षेृत्रमा ढलान गरेको छ । अब वडाकार्यालयबाट मच्छेनारायण हुदै तेलकोट पुग्न सकिने भएकाले यो सडकमा कालोपत्र पुरा भएपछि यहााका बासिन्दालाई निकै सहज हुने पुरी बताउनुहुन्छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गका वडाध्यक्ष जयन्द्र खड्काले छालिङ्गमा धेरै प्रयास पछि सडक कालोपत्र गर्न सुरुवात भएको बताउनु भयो । उहाँले सैनिक प्रतिष्ठानबाट सुरु भएको भएपनि वडा कार्यालयसम्म बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्न वडाले एक करोड ५० लाख रुपैयाँको बजेटमा काम सुरु भएको र बाँकी सडकलाई कालोपत्र पूर्णता गर्न उपत्यका बिकास प्राधिकरणले चालू आ.ब.मै यहााका सबै सडक कालोपत्र सम्पन्न गर्ने भएको बताउनुभयो ।
चालू आ.ब.बाटै सार्वजनिक यातायात सञ्चालन गर्ने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने गरि नगरपालिका अगाडि बढेको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।