भक्तपुर, २१ पुस । रगतको अभाव भएको जानकारी पाएसंगै सामाजिक सेवामा निरन्तर क्रियासिल डिभाइन युथ क्लब नेपालले शनिबार राधेराधे स्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणा आयोजना गरेको खुला रक्तदानमा ३५ जना दाताले रक्तदान गर्नु भएको छ ।
भाटभटेनी सुपर मार्केट तथा भक्तपुर रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरि २५ जनाले रक्तदान गरेको डिभाइन युथ क्लब नेपालका अध्यक्ष सुशील जिसिले जानकारी दिनुभयो ।
यसअघि जिसिको अध्यक्षता भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि मध्यपुरथिमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राज बहकले तीन तीन महिनामा खेर जाने रगतको दान गरेर मानिसलाई नयाँ जीवन दिन रक्तदान गर्नु मानव जीवनको पूण्य कर्म भएको बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका सचिव रमेश गिरीले डिभाइन युथ क्बलमा आवद्ध युवा जनशक्तिले देशभर सञ्चालन गरेको सामाजिक सेवाका कार्यहरु प्रंशसा योग्य रहेको बताउनुभयो ।
कार्यक्रममा डिभाइन युथ क्लब नेपालका सदस्यहरू, राधा माधब समितिका सदस्यहरू, विद्धत समाज नेपालका सदस्यहरू, भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीहरू एवं अन्य दाताले रक्तदान गर्नुभएको थियो । रक्तदातालाई कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिति र अतिथिहरुले प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष जिसिले डिभाइन युथ क्लबले आकस्मिक रक्तदान गरि रगत उपलब्ध गराउन एउटा एप्सको शुभारम्भ गरेको बताउनु भयो । उहाँले डिभाइन युथ क्लबको वेभसाइटमा गएर जुनसुकै बेला पनि आकस्मिक रुपमा आफू वा आफन्तलाई चाहिने ताजा रगत तत्कालै उपलदब्ध गराउने उदेश्यले एप्स सञ्चालनमा ल्याएको अध्यक्ष जिसिले बताउनुभयो ।
बिरामील आफुलाई आबश्यक परेको रक्त समुहको रगत तुरुन्त दिन सक्ने गरि करिब २००० युवाहरुको रक्त समूहसहितको टिमले देशभरका बिरामीलाई आकस्मिक रुपमा रगत चाहिएमा सम्पर्क गर्न आव्हान गर्दै रगतको अभाव हुन नदिन यस्तो योजना अगाडि सारेको बताउनुभयो ।
रगत प्राप्त गर्न निवेदनको लागि डिभाइन युथ क्लबको वेभसाइड ‘धधध।मथअल.यचन÷झभचनभलअथ–दयियम–चभत्रगभकत मा लगइन गरेर त्यहाँ आएको फाराममा सबै ववरण भरेर आफूले चाहेको रगत पाउन व्यबस्था गरेको अध्यक्ष जिसिले जानकारी दिनुभयो ।
फाराममा सबै बिबरण भरेपछि आफूलाई चाहिने रक्त समूहका नजिक रहेको युवाको मोवाइल नम्बर आउने र त्यहीबाट फोन गरेर दातालाई बोलाएर ताजा रगत लिन सक्ने व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो । यसले रगतको अभावलाई पुरा गर्ने र आकस्मिक रगत बिरामीसम्म पुग्न एवं पुर्याउन सहयोग हुने उहाँले बताउनुभयो ।