हामीसँग जोडिनुहोस

विभिन्न विधेयकहरु सर्वसम्मतले पारित गर्दै सम्पन्न चाँगुनारायण नगरसभाको १४ औं अधिवेशन (फोटो फिचर)

5 मिनेट

-रमेश गिरी

भक्तपुर, २० पुस । चाँगुनारायण नगरपालिका नगरसभाको १४ औं नगर अधिवेशनले विभिन्न विधेयकहरु सर्वसम्मतले पारित गर्दै सम्पन्न भएको छ । खरिपाटीस्थित नगरपालिका कार्यालयको आफ्नै सभाहलमा आयोजना गरेको अधिवेशनले विभिन्न विधेयकहरु एवं बिभिन्न १० वटा सार्वजनीक महत्वका प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

सभामा नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षको थप नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने नगर उपप्रमुख रमेश बुढाथोकीले चालू आर्थिक वर्षको अर्ध वार्षिक प्रगति समिक्षा प्रतिवेदन, विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नु भएको थियो ।

नगरसभाको १४ औं अधिवेशनको नगर प्रमुख जीवन खत्रीले शुभारम्भ गर्नु भएको थियो । उहाँले नगरसभाको शुभारम्भ गर्दै चालु आर्थिक वर्षका् थप नीीत तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति समिक्षा प्रस्तुत गर्न नगर प्रमुख खत्रीले समय प्रदान गरेसंगै नगर उपप्रमुख रमेश बुढाथोकीले सभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्नु भएको थियो । उहाँले नगरसभामा चाँगुनारायण नगरपालिकाको विनियोजित ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नु भएको थियो ।

नगरसभामा विधेयक समितिका संयोजक जयन्द्र खडकाले नगरपालिकाको प्रशासकीय कार्याविधि नियमीत गर्ने विधेयक, ऐन कानून तर्जुमा र ब्यवस्थापन गर्ने सम्बन्धी विधेयक प्रस्तुत गर्नु भएको थियो । उहाँले चाँगुनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र व्यबस्थापन सम्बन्धी विधेयक–२०८० सभा समइा पेश गर्नु भयो ।

नगरपालिकाका प्रवक्ता जनक खत्रीले नगरपालिकाको आर्थिक ऐन २०८० मा राजस्वका शीर्षक थप गर्न बनेको बिधेयक पेश गर्नु भएको थियो ।

त्यस्तै वन वातवारण तथा विपद् ब्यवस्थापन समितिका संयोजक सोम प्रसाद प्रधानले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन गर्न बनेको ऐन, २०७५ (पहिलो) संशोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नु भएको थियो । लेखा समितिका संयोजक धन बहादुर लामाले बेरुजु फस्यौट सम्बन्धी प्रस्ताव सभामा पेश गर्नु भएको थियो ।

नगरसभामा प्रस्तुत विभिन्न प्रस्ताव र विधेयकमाथि दफावार छलफलपश्चात नगर प्रमुख खत्रीले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै अधिवेशनले नगरसभामा प्रस्तुत प्रस्ताव एवं विधेयकहरु सर्वसम्मतले पारित गरेको थियो ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणले विगत सात वर्षदेखि स्मार्ट सिटीको नाममा रोक्का राखेको जग्गा फुकुवाका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने, विद्युत प्राधिरणबाट नगरभित्रका सडक तथा सार्वजनीक क्षेत्रमा खपत्त भएको विद्युत महशुल बक्यौता प्रमाणविना भुक्तानी नगर्ने र नगरपालिकाले त्यस्ता बक्यौता सम्बन्धीत मन्त्रालय तथा निकायसँग समन्वय गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै नगरवासीलाई नगरपालिकाको कार्यालयसमम सार्वजनिक यातायातमा आउन सहज बनाउनका लागि यातायात ब्यवसायीहरुसँग समन्वय गरेर सार्वजनिक यातायातको प्रबद्र्धन गर्ने अधिकार कार्यापालिकालाई दिने निर्णय समेत गरेको छ ।

बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, कानूनी सल्लाहकारहरु, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको बिभिन्न सार्वजनिक महत्वको विषय उपर निर्णय गरिएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।