भक्तपुर, २१ पुस : हत्या भएको एक महिनामा बल्ल एक महिलाको माइती पक्षले काडमाडौंं मेडिकल कलेज भक्तपुर दुवाकोटको शवगृहबाट रहेको शव बुझेर दाहसंस्कार गरेका छन् ।
बिवाह भएको डेढ वर्षमै आफ्नै श्रीमान्ले श्रीमतिको हत्या गरेको भन्दै मृतकका माइती पक्षका आफन्तले हत्यालाई कारबाही गर्नु पर्ने माग राख्दै मृतकको शव नबुझ्दा अस्पतालमा एक महिनादेखि शब थन्किएको थियो ।
चौध महिना अगाडि २०८९ असोज १९ गते बुधबार विजयादशमीको दिनसूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दै आउनु भएकी एकल महिला ४३ वर्षीया मायादेवी शाक्यसंग सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यले बिवाह गर्नु भएको थियो ।
बिवाह गर।ेको १४ महिना नबित्दै गत मङ्सिर २४ गते आइतबार राती श्रीमान्संगै सुतेकै ओछ्यानमा मायादेवी मृत्यु भएको अबस्थामा भेटिए पछि माइती पक्षले श्रीमान्ले नै हत्या गरेको कटिानी जाहेरी दिएका थिए ।
मृतक मायादेवीका पिता भक्तबहादुरले खाना खाएर श्रीमानसँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको बताउदै हत्या आरोपी दानकाजीलाई शुक्रबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि काठमाडौं जैसीदेवलस्थित कारागार पठाए पछि छोरीको दाहसंस्कार गर्न आज शव बुझेको बताउनुभयो ।
मृतकका बहिनी ज्वाई कृष्ण गोसाईले मृतकको शररीमा घाउृृँ र निलडाम भेटिएपछि मृत्यु सहज नभएकाले जाहेरी दिएको बताउदै पीडित पक्षको माग अनुसार आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको र शव परीक्षणको रिपोर्ट एक प्रति पीडित पक्षलाई दिएपछि आज शव बुझेर दाहसंसकारका लागि पशुपति आर्यघाट लगिएको बताउनुभयो ।