हामीसँग जोडिनुहोस

भारतीयले लगाए डोलेश्वरमा महायज्ञ, प्रदेश सभा सदस्य थापाद्धारा उद्घाटन

2 मिनेट

भक्तपुर, २३ पुस । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा मध्यप्रदेश भारतस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्र भारतस्थित चैतन्य सेवा आश्रम र गुजरात भारतस्थित माँ कालीधामले संयुक्त रुपमा आयोजना गरेको भागवत कथा ज्ञान यज्ञ आज बाट सुरु भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आउनुभएका परमपूज्य चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारी परम पूज्य सन्त श्री सन्तोष चैतन्य जी महाराजद्वारा बाचन हुने भागवत कथा ज्ञान यज्ञ सुरु भएको हो ।

महायज्ञको वागमति प्रदेशसभाका सदस्य किरण थापाले उद्घाटन गर्दै यहाँ रहेको केदारनाथको शीर भाग भएको र भारतमा रहेको केदारनाथ शरीर भएको बताउनु भयो । उहाँले भगवाण पशुपति नाथलाई पनि यसअघि केदारनाथको शिर भन्ने गरिएपनि यहाँको डोलेश्वर महादेवनै वास्तविबक केदारनाथको शीर भएको चर्चा गर्दै भारतबाट आएको भिमाशंकर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शीर भाग रहेको घोषणा गरेपछि यसको चर्चा चुलिएको बताउनुभयो ।

२०७२ सालको महाभूकम्पले भत्किएपछि मन्दिरको पुर्ननिर्माण गरिएको बताउदै उहाँले दाताहरुको दान र भेटीकै मद्धतले मन्दिर, चौबन्दी सत्तल, बिभिन्न मन्दिरहरु लगायतका संरचनाहरु निर्माणहुने क्रम जारी रहेको बताउनुभयो ।

उहाँले भारतीय भक्तजनले मन्दिरको चारैतिर चाँदीको ढोका हालिदिने घोषणा गरेको बताउदै भारतीय भक्तजनको आगमन पछिल्लो समय यहाँ बढेको बताउनुभयो । महाशिवरात्रीमा पनि यहाँ भारतबाट आउने बाँबा र एवं भक्तजनको भीड हुने गरेको बताउदै उहाँले यो पवित्र तीर्थस्थलको रुपमा रहेको बताउनुभयो ।

माननीय किरण थापाले सातदिनको यहाँको बसाईलाई अबिश्मरणीय बनाउन र भारतमा यहाँको प्रचार गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, मन्दिर व्यबस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेत, समितिका सचिव हरिशरण बस्नेत तथा पदाधिकारीहरु लगायतको सक्रिय सहभागिता रहेृको थियो ।

महायज्ञमा सहभागि हुन आयोजकको टोलीमा गुरु सहित भारतबाट आउनु भएका २०५ जना भक्तजनलाई समितिले निःशुल्क बसोबार एवं सुरक्षाको व्यबस्था गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । महायत्रमा सहभागि हुन नेपालका भत्तजनलाई समेत आव्हान गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।