हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा गैह्र सरकारी संस्थासंग सुझाब संकलन कार्यशाला सम्पन्न

2 मिनेट

भक्तपुर, २४ पुस । चाँगुनारायण नगरपालिकाको आयोजना तथा गैह्र सरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको आयोजनामा स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा सुझाब संकलनको लागि कार्यशाला सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको हलमा सम्पन्न कार्यशालामा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य निर्मला के.सी, कार्यदलका सदस्य प्रदिपकुमार के.सी, नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, गै.स.स महासंघ चाँगुनारायण नगर समन्वय समतिका संयोजक मनिषा कार्की, नगरपालिका क्षेत्र भित्रका विभिन्न गैह्र सरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको उपस्थिति रहेकोे थियो ।

प्राकृतिक तथा गैह्र प्राकृतिक विपद््बाट जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन तथा उत्पादनका साधनहरू, भौतिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक एवं वातावरणीय सम्पदामा हुने क्षतिको उल्लेख्य रूपमा न्यूनीकरण गर्न विभिन्न रणनीतिक क्रियाकलापहरूको पहिचान गरी आवधिक तथा वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै विपद्् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुनस्र्थापना तथा पुनर्निर्माणको सुदृढीकरण र उत्थानशीलता अभिबृद्धि गरी विद्यमान विपद्् जोखिम तथा क्षतिको न्यूनीकरण र नयाँ जोखिमको रोकथाम गर्नका लागि गैह्र सरकारी संघ संस्थाको भूमिका तथा कार्यदलले तयार गरेको मस्यौदामा थप गर्नु पर्ने योजनाहरुको संकलनको उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालाका सहभागीहरुलाई समुह विभाजन गरी विभिन्न चार वटा प्राथमिकता प्राप्त क्षेत्रहरुमा समुहकार्य गरी सम्भावित रणनीतिक क्रियाकलापहरू संकलन गरिएको थियो । प्राथमिकता प्राप्त क्षेत्रहरुमा क्रमशः विपद्् जोखिमबारे बुझाई, स्थानीय तहमा विपद्् जोखिम शासकीय पद्धतिको सुदृढीकरण, विपद्् जोखिम न्यूनीकरणका लागि उत्थानशीलता वृद्धि गर्न बृहत्तर जोखिम जानकारीमा आधारित निजी तथा सार्वजनिक लगानी प्रवर्धन र प्रभावकारी विपद्् प्रतिकार्य र पुनर्लाभ, पुनः स्थापना तथा पुनःनिर्माणमा “अझ राम्रो र बलियो निर्माण” का लागि विपद्् पूर्वतयारीको सुदृढीकरण रहेका थिए ।

कार्यशालाको समापनमा चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर खड्काले सुझाबहरु लिखित रुपमा प्रस्तुतिकरण गर्नु भएकोमा सहभागिहरुलाई धन्यवाद दिनुहुदै आएको महत्वपूर्ण सुझाबहरुलाई विपद् जोखिम रणनीतिक कार्य योजना तयारी कार्यदलले योजनामा समावेश गर्ने बताउनु भयो ।

उहाँले विपद् उत्थानशील नगरपालिका बनाउने तर्फ चाँगुनारायण नगरपालिका अग्रसर भइकार्य गरिरहेकोले सबैको सामुहिक प्रयासबाट मात्रै उत्थानशील नगरपालिका बनाउन सकिने भएकाले नगरपालिकाको नेतृत्वमा संचालित कार्यक्रम तथा गतिविधिहरुमा सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

गै.स.स महासंघ चाँगुनारायण नगर समन्वय समितिकी संयोजक मनिषा कार्कीले विभिन्न संघ संस्थाबाट सहभागिता जनाउनु भएकोमा सहभागिहरुलाई हार्दिक धन्यवाद दिनु हुदै चाँगुनारायण नगरपालिकाले संचालन गर्ने कार्यक्रम तथा गतिविधिहरुमा सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यशालामामा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, दिवाकर पौडेलले सहजीकरण गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।