हामीसँग जोडिनुहोस

भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप मध्यपुर थिमिमा जारी

1 मिनेट

भक्तपुर, २५ पुस । मध्यपुर थिमिमा जारी २६ औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधबार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन् । यस विधामा नेपाली सेनाकै मुक्तिराम घलेले रजत जिते । त्यस्तै, जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् ।

त्यस्तै, युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दिपेश घटाल दोस्रो भए । ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए । ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए । ७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए ।

यसअघि मंगलबार महिला ४९ केजीतर्m नेपाल प्रहरीकी कृष्णकला विष्टले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एन्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन् । यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् ।

त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एन्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जिते । यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए ।

पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।